शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लामा १६ वटा एम्बुलेन्स प्रदान गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लामा १६ वटा एम्बुलेन्स प्रदान गर्ने

  • मङ्लबार, चैत्र १२, २०७५
सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्लामा १६ वटा एम्बुलेन्स प्रदान गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बैतडी, दार्चुला, डडेल्धुरा, अछाम, बाजुरा र डोटीमा १६ वटा एम्बुलेन्स प्रदान गर्ने तयारी गरेको छ ।

यहाँका १६ वटा निर्वाचन क्षेत्रहरुमा एम्बुलेन्स वितरण गरिने कार्यक्रम तय भएको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिनुभयो ।दिपायल सिलगढी नगरपालिका, डोटीले आयोजना गरेको महिलाहरुको पाठेघरको निःशुल्क अप्रेशन तथा जनरल स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री सुवेदीले एम्बुलेन्स प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

यहाँका पहाडी भेगका दुर्गम क्षेत्रका मानिसहरुको स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि प्रदेश सरकारले सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गर्न लागेको मन्त्री सुवेदीले बताउनुभयो ।

प्रदेश सरकारले प्रति एम्बुलेन्स ३९ लाखका दरले ६ करोड ४० लाख खर्च गरिरहेको र केही समय भित्रै खरिद प्रक्रिया पूरा गरेर निर्वाचन क्षेत्रमा एम्बुलेन्स हस्तान्तरण गरिने उहाँले जानकारी दिनुभयो । त्यस्तै सुदूरपश्चिममा बर्सेनि औषत ३२ हजार महिलाहरु सुत्केरी हुने गरेको र आमा सुरक्षा कार्यक्रममा बजेट अभाव भएकाले केन्द्र सरकारसँग २९ करोड माग गरेको मन्त्री सुवेदीले बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार