शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रवास
  • बेलायतमा सुन्दर सुदुरपश्चिम नेपाली परिवार यूके गठन

बेलायतमा सुन्दर सुदुरपश्चिम नेपाली परिवार यूके गठन

  • मङ्लबार, चैत्र १२, २०७५
बेलायतमा सुन्दर सुदुरपश्चिम नेपाली परिवार यूके गठन

नेपालको सुदुरपश्चिमबाट बेलायतमा आएर बसोबास गरिरहेका नेपालीहरु संगठित बनेका छन् । पश्चिम लण्डनमा सम्पन्न बेलायतबासी सुदुपश्चिमेलीहरुको पहिलो भेलाले सुरेन्द्र ढुंगानको नेतृत्वमा ‘सुन्दर सुदुरपश्चिम नेपाली परिवार यूके’ गठन गरेको छ ।
१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा शैली चन्द र खेमराज जोशी ,महा-सचिवमा गणेश अधिकारी, उपमहासचिवमा योगेश महत र कोषाध्यक्षमा सृष्टि चन्द चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा नरेश जोशी ,पुष्पा शाहि मल्ल ,आयुष चन्द ,विजय राजभण्डारी लगायत चुनिएका छन् ।

संस्थाको ६ सदस्यीय सल्लाहकार समितिमा डा श्याम चन्द, वासुदेव जोशी, भान बहादुर चन्द, कोमल मल्ल ,राजेन्द्र जोशी र सिपि गिरी मनोनित भएका छन् ।

सुन्दर सुदुरपश्चिम नेपाली परिवार यूकेले होली र देउडा खेल्दै पहिलो भेला सम्पन्न गरेको छ । बेलायतबासी सुदुरपश्चिमेलीहरुबीच आपसमा सहयोग, सहकार्य बढाउनको साथै संस्कृति संरक्षण ,विपदमा परेकाहरूलाई सहयोग गर्ने लगायतका लक्ष्य राखेर संस्था गठन गरिएको बताइएको छ ।

सुन्दर सुदुरपश्चिम नेपाली परिवार यूकेले अन्य देशमा रहेका सुदुरपश्चिम परिवारहरूसंगको सहकार्यमा अन्तर्राष्ट्रिय सुदुरपश्चिम परिवार निर्माण गर्ने निर्णय समेत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार