मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • विपन्न र असहायलाई बाख्रा र सुधारिएको चुलो वितरण

विपन्न र असहायलाई बाख्रा र सुधारिएको चुलो वितरण

  • सोमवार, चैत्र ११, २०७५
विपन्न र असहायलाई बाख्रा र सुधारिएको चुलो वितरण

बडीमालिका खवर, बाजुरा ११ चैत
सहयोगी हातहरुको समुह साहस नेपालले बिपन्न र असायहरुलाई बाख्रा र चुलो बितरण गरेको छ । आर्थिक रुपमा बिपन्न तथा महिलाहरुको स्वास्थ्यमा परिर्वर्तन गर्न बाख्रा र चुलो बितरण गरिएको हो । बाजुरा जिल्लाका एक नगरपालिका र दुई गाउँपालिकाका विपन्न, असहाय र एकल महिलाई एक कार्यक्रमका बीच उन्नत जातका २ ओटा बाख्रा र सुधारिएको चुलो वितरण गरिएको सहयोगी हातहरुको समुह सहास नेपाल सिफल्स परियोजना बाजुराले बताएको छ । बडीमालिका नगरपालिका, खप्तड छेडेदह र गौमुल गाउँपालिकाका ५९ परिवारलाई बाख्रा र सुधारिएको चुलो वितरण गरिएको कार्यक्रम अधिकृत रामबहादुर खत्रीले बताएका छन् ।


खत्रीले दिएको जानकारी अनुसार खप्तड छेडेदह गाउँपालिका, गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकाका कृषक समुहमा आवद्ध भएका दश जना कृषकलाई उन्नत जातका प्रति ब्यक्ती २ बाख्रा वितरण गरिएको बताए । विपन्न, असहाय टुहुरा र एकल महिलााई आर्थिकबाट माथि उठाउने उद्देश्यले बाख्रा बितरण गरेको कार्यक्रम अधिकृत खत्रीले बताए ।
यसैगरी बडीमालिका नगरपालिका–३ रजालीका ३२ परिवार र गौमुल गाउँपालिका–३ बेहरीका ७ परिवारलाई सुधारिएको चुलो हस्तान्तरण गरिएको कार्यक्रम अधिकृत खत्रीको भनाई रहेको छ । ग्रामिण भेगका महिलाहरुले प्रम्परागत चुलोमा खाना पकाउदा बिभिन्न रोगको संक्रमण हुने भएको स्वास्थ्यमा परिर्वतन गर्न सुधारीएको चुलो बितरण गरिएको खत्रीले बताएका छन् ।
सहास नेपाल सिफल्स परियोजनाले यस भन्दा अघिल्ला समयमा पटक पटक जिल्लाका बिभिन्न ठाउँमा रहेका आर्थिक रुपले कमजोर तथा बिपन्न परिवारहरुलाई चुलो, बाख्रा तरकारीका बिउँ तथा कुनै ठाउँमा सिचाइ कुलो खानेपानी लगायतको सहयोग गर्दै आएको छ । बिष्ोश गरी साहस नेपाल सिल्फस परियोजनाको कार्यक्रम क्षेत्र भित्रका अति विपन्न ,दलित, असहाय, टुहुरा र गरिवीको रेखामुनी रहेका परिवारलाई यस्तो सहयोग गर्दै आएको बताइएको छ । सहास नेपालले विपदमा परेका पिडितहरुलाई समेत सहयोग गर्दै आएको सहास नेपालका कर्मचारी नयन परियारले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार