शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मुक्त हलियालाई उद्यमशिलता तालिम

मुक्त हलियालाई उद्यमशिलता तालिम

  • आइतवार, चैत्र १०, २०७५
मुक्त हलियालाई उद्यमशिलता तालिम

बडीमालिका खवर
बाजुरा
बाजुरा जिल्लामा रहेका हलिया समुदायका महिलाहरुलाइ २ महिने सिलाई कटाई तालिमको आयोजना गरिएको छ । मुक्त हलिया समुदायका महिलाहरुको आर्थिक रुपमा सवल बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो ।
जिल्लाको बुढीनन्दा नगरपालिकमा रहेका २४ जना मुक्त हलिायालाई जिवन स्थर सुधार गर्ने उदेश्यले फागुन १७ गते देखी बिभिन्न ब्यबासायीक तालिम संचालन गरिएको राष्ट्रिय दलित समाज कल्याण सघं बाजुराका फिल्ड संयोजक रोशन खड्काले बताएका छन् ।
डिएफआईडीको आर्थिक सहयोग तथा एन्ट्री सेलवरी र राष्ट्रिय दलित समाज कल्याण सघं बाजुराको आयोजनामा तालिमको आयोजना गरिएको संयोजक खड्काले बताएका छन् ।


मुक्त हलिया हरुको जिवनस्थर सुधार गर्न महिलाहरुलाई उद्यमी बनाउन तालिम गराएको सघंले बताएका छन् । जस अन्तरगत ११ जनालाई प्रारम्भीक सिलाइ कटाई तालिम, नौ जनालाई कुखुरा पालन, २ जनालाइ कम्पुटर तालिम एक जनालाई हियर कटिङ्ग र १ चाउमिन सम्बन्धी तालिम दिएको सघंका फिल्ड संयोजक रोशन खड्काले बताएक छन् ।
मुक्त हलियाका महिलाले उद्यमशीलता तालिम पाएसँगै उद्यमशील बन्नको लागि उत्साहि भएका छन् । तालिमले सफल उद्यमी बन्न अभिप्रेरित गरेको भन्दै उनीहरूले तालिममा पाएको सीप र शिक्षालाई व्यवहारमा उतार्ने जनाएका छन् । महिलालाई उद्यमशिलता तालिम दिन गरेको सहयोगी निकायलाइ धन्यबाद समेत दिएका छन् ।
तालिममा यहाँका महिलालाई व्यवसायको अवधारणा, अवसरको पहिचान, प्रतिस्पर्धी बजारीकरण तथा व्यवसाय छनोट गर्ने तरिका सिकाइएको तालिमको आयोजना गर्ने निकायले बताएका छन् । तालिममा उत्पादकत्व अभिवृद्धि गर्ने तरिका, लागत तथा बिक्री मूल्य र व्याविसायकरण सम्बन्धी पनि ज्ञान दिइएको उद्यम विकास सहजकर्र्ताले बताए ।
हामिहरु सिप सिकेर उद्यमशिल बन्नको लागि अभिप्रेरित भएका छौं । गाउँघरमा आर्थिक विकास गर्न उद्यमशिलता तालिम लिउँ र उद्यमी बनांै भन्दै सहभागीले मुक्त हलियालाई अपहेलना नगरी व्यावसायिक बनाएर देश विकासमा योगदान दिन सबैले सहयोग पुर्याउनुपर्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार