बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • बाहुबली अभिनेत्रीलाई प्रहार गर्यो

बाहुबली अभिनेत्रीलाई प्रहार गर्यो

  • आइतवार, चैत्र १०, २०७५
बाहुबली अभिनेत्रीलाई प्रहार गर्यो

‘बाहुबली’ फेम एक्ट्रेस तमन्ना भाटिया हैदराबादको हिमायतनगरमा एक ज्वेलरी शपको उद्घाटनमा पुगेकी थिइन् । त्यही क्रममा उनीमाथि निशाना बनाएर एक व्यक्तिले जुत्ता प्रहार गरेका छन् । तर, तमन्नालाई भने जुत्ता लागेन ।

शपका एक कर्मचारीलाई गएर जुत्ता लाग्यो । तमन्ना भाटिया जब शपको ओपनिङ गर्दै थिइन् तब ३१ वर्षिय एक व्यक्तिले उनीमाथि जुत्ता फ्याकेका थिए । पुलिसका अनुसार, अभिनेत्रीलाई तब जुत्ता प्रहार गरिएको थियो जब उनी फ्यानमाझ घेरिएकी थिइन् ।

पुलिसले तमन्नालाई भने जुत्ता नलागेको बताएको छ । नारायणगुडा स्टेशनका इन्स्पेक्टर बी रविन्द्रले भने, ‘बीटेकमा स्नातक र मुशीराबादमा बस्दै आइरहेका करीमुल्लाहले तमन्नामाथि निशाना गरेर जुत्ता प्रहार गरेका थिए तर स्टोरका एक कर्मचारीलाई गएर लाग्यो । करीमुल्लाहलाई तुरुन्तै हिरासतमा लिएका छौं ।’

सोधपुछमा जुत्ता फ्याक्ने व्यक्तिले लगातार तमन्नाको पछिल्ला फिल्मबाट आफू निराश रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार