शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • एसइई परिक्षा आजदेखि, सुदूरपश्चिमबाट ५४ हजार बढि विद्यार्थी सहभागि हुने

एसइई परिक्षा आजदेखि, सुदूरपश्चिमबाट ५४ हजार बढि विद्यार्थी सहभागि हुने

  • आइतवार, चैत्र १०, २०७५
एसइई परिक्षा आजदेखि, सुदूरपश्चिमबाट ५४ हजार बढि विद्यार्थी सहभागि हुने

सुदूरपश्चिममा पनि आजदेखि माध्यमिक शिक्षा परिक्षा एसइईको सुरु हुँदै छ। प्रदेशका ९ वटै जिल्लामा सबै परिक्षा केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसेकेका छन् भने एसईईका लागि सवै खटनपटन पुरा भएको छ।

यो बर्ष प्रदेशका ९ वटै जिल्लाबाट ५४ हजार २ सय ७० विद्यार्थीले एसईई परिक्षामा सहभागिता जनाउने शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ।

२ सय ९ वटा परिक्षा केन्द्र तोकिएको छ भने सोही सङख्यामा केन्द्राध्यक्ष पनि रहेका छन्। यस्तै ३ सय ६७ जना सहायक केन्द्राध्यक्ष, २७ सय १७ जना निरिक्षक, ५ सय ३० जना सहायक कर्मचारी, १ हजार ८३ जना सहयोगी कर्मचारी खटाईएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका उपसचिव बसन्त कुमार खत्रीले जानकारी दिए। यस्तै प्रत्येक केन्द्रमा १५ जना सुरक्षाकर्मी परिचालनको व्यवस्था पनि मिलाईएको उहाँले बताए।

प्रदेशभरी रहेका २ सय ९ परिक्षाकेन्द्रमा तीन हजार बढि सुरक्षाकर्मी परिचालनको तयारी भईरहेको उनले बताए। परीक्षालाई मर्यादीत बनाउन ९ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको शिक्षा विकास तथा समन्वय इकाईहरुले जनाएका छन्।

आईतवार  बिहान ८ बजेबाट सुरु हुने एसइई परिक्षाको  पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुने छ। बिचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र ७५ प्रतिशत हाजीरी नपुगेका विद्यार्थीहरुले भने एसइई परिक्षा दिन नपाउने भएका छन्।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार