शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमका सभामुख थापाका १२ आयोजना

सुदूरपश्चिमका सभामुख थापाका १२ आयोजना

  • आइतवार, चैत्र १०, २०७५
सुदूरपश्चिमका सभामुख थापाका १२ आयोजना

बझाङको खप्तड छान्ना गाउँपालिका–६, बडाकोट गाउँलाई सडक सञ्जालमा जोड्न गत वर्ष गाउँपालिकाले २० लाख विनियोजन गरेको थियो । चालु आर्थिक वर्ष प्रदेशले फेरि त्यो गाउँलाई सडकसँग जोड्ने भन्दै ३० लाख रुपैयाँ दियो । प्रदेशको पैसा सक्न सर्भेबिनै सडक निर्माण थालियो । पूर्वाधार विकास कार्यालय, बैतडीका प्रमुख जगतप्रसाद जोशी भन्छन्, ‘पहिल्यै सर्भे भइसकेको गाउँलेको भनाइका आधारमा निर्माण सुरु भएको हो ।’
एउटै गाउँ जान दुईवटा अलग–अलग सडक आवश्यक नभएकाले प्रदेशको योजनालाई गाउँपालिकामै समायोजन गर्न गाउँपालिकाले प्रदेश सरकारलाई पत्राचार गरेको थियो । प्रदेशले त्यो पत्रलाई वास्ता गरेन । खप्तड छान्ना गाउँपालिकाका अध्यक्ष बर्क रोकाया भन्छन्, ‘विकास गर्ने सोच हो भने यस्तो हुन्थेन होला ।
कार्यकर्ताको खर्च चलाउने हिसाबले योजना हालेर सद्भाव बिगार्ने काम भइरहेको छ ।’ प्रदेशसभाका सभामुख अर्जुन थापाको प्रभावमा यो बाटोमा बजेट हालिएको हो । थापाले भने गाउँपालिकाले बनाउँदै गरेको सडकमा गाडी चल्ने अवस्था नभएकाले प्रदेशको लगानीमा त्यही ठाउँमा अर्को सडक बनाउनुपरेको दाबी गरे ।
खप्तड छान्ना–४ मा पर्ने पडिकोट सिँचाइ आयोजनामा पनि प्रदेश सरकार र गाउँपालिकाबीच हानथाप छ । प्रदेशले यसपालि त्यो आयोजनामा ३० लाख रुपैयाँ दिएको छ । गाउँपालिकाले सोही आयोजनामा अघिल्लो आर्थिक वर्ष १० लाख रुपैयाँ बराबरको काम गरेको थियो । बाँकी कामगर्न यसपालि उसले २० लाख विनियोजन गरेको छ । यो आयोजनामा गाउँपालिकाले मुहानबाट निर्माणको काम थालेको छ भने प्रदेश सरकारले उपभोक्ता समिति बनाएर पुछारतिरबाट काम थालेको छ । उपभोक्ता समितिको अध्यक्ष प्रदेशसभाका सभामुख अर्जुन थापाकी छोरी दिव्या थापा रोकाया छिन् ।

खप्तड छान्ना सभामुख थापाको घर भएको गाउँपालिका हो । थापाले यो गाउँपालिकामा मात्रै १२ करोड बराबरका १५ वटा योजनामा प्रदेशको बजेट पुर्‍याएका छन् । वडा ४ का अध्यक्ष मंगल सुनार भन्छन्, ‘गाउँपालिकाले सिफारिस गरेको एउटा पनि योजना परेन । आफन्त र नातागोता भएका गाउँपालिकामा प्रदेशको पैसा धेरै छ ।’

खोज पत्रकारिता केन्द्र

चर्चामा

सम्बन्धित समाचार