शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश/प्रदेश
  • घरमै पुगेर उपप्रमुखले वितरण गरिन् पूर्ण अपाङ्गता भएकालाई परिचय पत्र

घरमै पुगेर उपप्रमुखले वितरण गरिन् पूर्ण अपाङ्गता भएकालाई परिचय पत्र

  • शुक्रबार, चैत्र ८, २०७५
घरमै पुगेर उपप्रमुखले वितरण गरिन् पूर्ण अपाङ्गता भएकालाई परिचय पत्र

कञ्चनपुर, चैत ८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका मुनादेवी सुनारका छोरालाई नगर उपप्रमुख तुलसीदेवी हमालले पूर्ण अपाङ्गता भएकाहरुको परिचय पत्र घरमै पुगेर प्रदान गरेपछि उनले हर्षका आशु थाम्नै सकिनन् ।

शीघ्र कुपोषणका कारण शारिरिक अपाङ्गता भएको छोरा रक्किका लागि अपाङ्गता परिचय पत्र बनाउनका लागि सुनार परिवारले महिला तथा बालबालिका कार्यालय र नगरपालिका कार्यालय कयौं पटक पुगे । कागजातनै नपुगेको भनेर कयौं पटक फिर्ता आउनु पर्यो ।

आर्थिक अभावले बसको टिकट काटेर जिल्ला सदरमुकाममा परिचय पत्र बनाउनकै लागि जान सकेनौं मुनाले भनिन्– ‘जनप्रतिनिधि आएपछि घरमै परिचय पत्र पाउदा निकै खुसि लागेको छ ।’

विपन्नताका कारण कुपोषित छोरालाई सन्तुलित भोजनको व्यवस्था गर्न सकेका थिएनौं उनले भनिन्, ‘परिचय पत्र पाइएपछि भत्ताको रकमले छोरालाई तन्दुरुस्त बनाउन खानाको व्यवस्था मिलाउछौं ।’

परिचय पत्र बनाउन विगतमा धेरै दौड धुप गरियो । प्रमाण नपुगेको भनेर फिर्ता गरिन्थ्यो रक्किका बुवा रमेशले भने, ‘घरमै पुगेर परिचय पत्र पाउदा साच्चै सरकार गाँउमै आएको अनुभूति भएको छ ।’

सुनारको छोरा अतिशिघ्र कुपोषणा कारण शारिरिक अपाङ्ग भएको छ । ‘क’ श्रेणीको रातो रंगको परिचय पत्र रक्किलाई प्रदान गरिएको छ । पूर्ण अपाङ्गगता भएकालाई स्थानिय तह बाटै सामाजिक शुरक्षा कार्यक्रम मार्फत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।

अपाङ्गताका कारण परिचय पत्र लिनका लागि नगरपालिका कार्यालय पुग्न नसक्नेहरुको घरमै पुगेर उप प्रमुखले परिचय पत्र वितरण गरेकी हुन । अपाङ्गता भएका व्यक्तिहरुलाई घरदैलोमै सेवा पुरयाउनका लागि नगरपालिकाको महिला तथा बालबालिका शाखाले पहिलो पटक परिचय पत्र वितरण गर्ने व्यवस्था गरेको हो ।

नगरपालिकाको वडा नं ५ का शारिरिक अपाङ्गता भएका राजेन्द्रप्रसाद अबस्थीको घरमै परिचय पत्र दिनका लागि कर्मचारी सहित पुग्नु भएका उप प्रमुख हमाललाई अबस्थीका बृद्ध आमा कौशिल्यादेवी अबस्थीले भगवान आएझै लागेको बताइन् । ‘भत्ता पाईए लताकपडा किन्न र औषधोमुलो गर्न सहज हुने भएको छ’ उनले भनिन् । सोही अबसरमै घरमै पुगेर अपाङ्गता भएका आइस लुहार र धनिदत्त अबस्थीको घरमै पुगेर परिचय पत्र वितरण गरिएको छ । पूर्ण अपाङ्गता भएका सबै जनाको घरमै पुगेर परिचय पत्र वितरण गर्ने नगर उप प्रमुखले योजना बनाएकी छन् ।

पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले माया, स्नेह संगै सामाजिक सुरक्षाको खाँचो छ उप प्रमुख हमालले भनिन् ‘जनतालाई घरदैलोमै सेवा पुरयाउनका लागि हामी निर्वाचित भएर आएका हौं । सेवा गर्नु हाम्रो दायित्व हो ।’

पूर्ण अपाङ्गता बाहेकका अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिका कार्यालय बाट परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले अपाङ्ग परिचय पत्र वितरण सम्बन्धि कार्यविधि २०७५ अनुसार परिचय पत्र वितरणको कार्य शुरु गरेको छ । कार्यविधि अनुसार नगर उप प्रमुखको अध्यक्षतामा परिचय पत्र वितरण समिति गठन गरिएको छ ।

नगरपालिकाले अपाङ्ग परिचय पत्र वितरण सम्बन्धि कार्यविधि २०७५ अनुसार परिचय पत्र वितरणको कार्य शुरु गरेको छ । किसिमको आधारमा क, ख, ग र घ श्रेणिमा विभाजन गरी परिचय पत्र वितरण गरिने व्यवस्था कार्यविधिमा गरिएको छ ।

कार्यविधि अनुसार पूर्ण अपाङ्गता भएकालाई ‘क’ श्रेणिको, अति असक्त अपाङ्गता भएकालाई ‘ख’ श्रेणिको र आंसिक अपाङ्गता भएकालाई ग र घ श्रेणिको परिचय पत्र उपलव्ध गराइने छ ।

पुर्ण अपाङ्गता भएका एक सय ९३ जना, अति असक्त अपाङ्गता भएका एक सय ४३ जनालाई यस अघि देखिनै नगरपालिकाले भत्ताको रकम उपलव्ध गराउदै आएको छ । नगपालिकाको अपाङ्गता परिचय पत्र वितरण गर्ने समितिले महिनाको एक पटक अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्ने निर्णय समेत गरेको छ ।

नयाँ संरचना अनुसार नगरपालिकाले कार्य विधि बनाएर अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको हो । यस अघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण हुँदै आएको थियो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका मुनादेवी सुनारका छोरालाई नगर उपप्रमुख तुलसीदेवी हमालले पूर्ण अपाङ्गता भएकाहरुको परिचय पत्र घरमै पुगेर प्रदान गरेपछि उनले हर्षका आशु थाम्नै सकिनन् । शीघ्र कुपोषणका कारण शारिरिक अपाङ्गता भएको छोरा रक्किका लागि अपाङ्गता परिचय पत्र बनाउनका लागि सुनार परिवारले महिला तथा बालबालिका कार्यालय र नगरपालिका कार्यालय कयौं पटक पुगे । कागजातनै नपुगेको भनेर कयौं पटक फिर्ता आउनु पर्यो । आर्थिक अभावले बसको टिकट काटेर जिल्ला सदरमुकाममा परिचय पत्र बनाउनकै लागि जान सकेनौं मुनाले भनिन्– ‘जनप्रतिनिधि आएपछि घरमै परिचय पत्र पाउदा निकै खुसि लागेको छ ।’ विपन्नताका कारण कुपोषित छोरालाई सन्तुलित भोजनको व्यवस्था गर्न सकेका थिएनौं उनले भनिन्, ‘परिचय पत्र पाइएपछि भत्ताको रकमले छोरालाई तन्दुरुस्त बनाउन खानाको व्यवस्था मिलाउछौं ।’

परिचय पत्र बनाउन विगतमा धेरै दौड धुप गरियो । प्रमाण नपुगेको भनेर फिर्ता गरिन्थ्यो रक्किका बुवा रमेशले भने, ‘घरमै पुगेर परिचय पत्र पाउदा साच्चै सरकार गाँउमै आएको अनुभूति भएको छ ।’ सुनारको छोरा अतिशिघ्र कुपोषणा कारण शारिरिक अपाङ्ग भएको छ । ‘क’ श्रेणीको रातो रंगको परिचय पत्र रक्किलाई प्रदान गरिएको छ । पूर्ण अपाङ्गगता भएकालाई स्थानिय तह बाटै सामाजिक शुरक्षा कार्यक्रम मार्फत रु दुई हजार रकम प्रदान गर्ने व्यवस्था रहेको छ ।

अपाङ्गताका कारण परिचय पत्र लिनका लागि नगरपालिका कार्यालय पुग्न नसक्नेहरुको घरमै पुगेर उप प्रमुखले परिचय पत्र वितरण गरेकी हुन । अपाङ्गता भएका व्यक्तिहरुलाई घरदैलोमै सेवा पुरयाउनका लागि नगरपालिकाको महिला तथा बालबालिका शाखाले पहिलो पटक परिचय पत्र वितरण गर्ने व्यवस्था गरेको हो ।

नगरपालिकाको वडा नं ५ का शारिरिक अपाङ्गता भएका राजेन्द्रप्रसाद अबस्थीको घरमै परिचय पत्र दिनका लागि कर्मचारी सहित पुग्नु भएका उप प्रमुख हमाललाई अबस्थीका बृद्ध आमा कौशिल्यादेवी अबस्थीले भगवान आएझै लागेको बताइन् । ‘भत्ता पाईए लताकपडा किन्न र औषधोमुलो गर्न सहज हुने भएको छ’ उनले भनिन् । सोही अबसरमै घरमै पुगेर अपाङ्गता भएका आइस लुहार र धनिदत्त अबस्थीको घरमै पुगेर परिचय पत्र वितरण गरिएको छ । पूर्ण अपाङ्गता भएका सबै जनाको घरमै पुगेर परिचय पत्र वितरण गर्ने नगर उप प्रमुखले योजना बनाएकी छन् ।

पूर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई समाजले माया, स्नेह संगै सामाजिक सुरक्षाको खाँचो छ उप प्रमुख हमालले भनिन् ‘जनतालाई घरदैलोमै सेवा पुरयाउनका लागि हामी निर्वाचित भएर आएका हौं । सेवा गर्नु हाम्रो दायित्व हो ।’

पूर्ण अपाङ्गता बाहेकका अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिका कार्यालय बाट परिचय पत्र वितरण गर्ने व्यवस्था गरिएको छ । नगरपालिकाले अपाङ्ग परिचय पत्र वितरण सम्बन्धि कार्यविधि २०७५ अनुसार परिचय पत्र वितरणको कार्य शुरु गरेको छ । कार्यविधि अनुसार नगर उप प्रमुखको अध्यक्षतामा परिचय पत्र वितरण समिति गठन गरिएको छ ।

नगरपालिकाले अपाङ्ग परिचय पत्र वितरण सम्बन्धि कार्यविधि २०७५ अनुसार परिचय पत्र वितरणको कार्य शुरु गरेको छ । किसिमको आधारमा क, ख, ग र घ श्रेणिमा विभाजन गरी परिचय पत्र वितरण गरिने व्यवस्था कार्यविधिमा गरिएको छ ।

कार्यविधि अनुसार पूर्ण अपाङ्गता भएकालाई ‘क’ श्रेणिको, अति असक्त अपाङ्गता भएकालाई ‘ख’ श्रेणिको र आंसिक अपाङ्गता भएकालाई ग र घ श्रेणिको परिचय पत्र उपलव्ध गराइने छ ।

पुर्ण अपाङ्गता भएका एक सय ९३ जना, अति असक्त अपाङ्गता भएका एक सय ४३ जनालाई यस अघि देखिनै नगरपालिकाले भत्ताको रकम उपलव्ध गराउदै आएको छ । नगपालिकाको अपाङ्गता परिचय पत्र वितरण गर्ने समितिले महिनाको एक पटक अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्ने निर्णय समेत गरेको छ ।

नयाँ संरचना अनुसार नगरपालिकाले कार्य विधि बनाएर अपाङ्गता परिचय पत्र वितरण सुरु गरेको हो । यस अघि महिला तथा बालबालिका कार्यालयबाट अपाङ्गता परिचय पत्र वितरण हुँदै आएको थियो ।

सुदुर खवरबाट

चर्चामा

सम्बन्धित समाचार