शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सेती अस्पतालमा तनाव

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सेती अस्पतालमा तनाव

  • शुक्रबार, चैत्र ८, २०७५
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सेती अस्पतालमा तनाव

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै सेती अञ्चल अस्पतालमा तनाव बढेको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया सुत्केरी रेखा थापाको मृत्यु भएपछि अस्पतालमा तनाव बढेको हो। वेथालागे पछि चैत ४ गते सेती अस्पताल धनगढीमा भर्ना भएकी रेखा थापाको सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रिया गरिएको थियो।

मृतकका श्रीमान जय थापाका अनुसार शल्यक्रियापछि उनको पेट सुन्निएको र उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिन वेवास्ता गरेको आरोप लगाए। डाक्टरले बुधबार थापालाई जन्डिस भएको भन्दै उपचार गरेका थिए। तर पेट सुन्निने समस्या यथावत रहेपछि बिहिवार विहान मात्रै उपचार सम्भव नभएको भन्दै अन्यत्र रेफर गरिएको थियो।

कोहलपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएपछि सेती अञ्चल अस्पतालमा चिकित्सकले लापरवाही गरेको आफन्तले आरोप लगाउँदै आएका छन्। गयराती अस्पताल घेराउ गरेका स्थानीयले आज विहानैदेखि पनि अस्पताल घेराउ गरिरहेका छन्। अस्पतालमा अहिले सर्वपक्षिक बैठक पनि बसिरहेको अस्पतालबाट संबाददाता रोशन भट्टले जानकारी दिए।

डक्टरको लापर्वाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव बुझ्न मानेका छैनन्। मृतकका आफन्तले लापर्वाही गर्ने डाक्टरलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत राखेका छन्।

दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार