शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • साँफेबगर धनगढी उडान सुरु

साँफेबगर धनगढी उडान सुरु

  • शुक्रबार, चैत्र ८, २०७५
साँफेबगर धनगढी उडान सुरु

साँफेबगर- आजबाट धनगढी देखी साँफेबगर उडान जोडिएको छ ।  फागनु २२ गते नेपालगञ्ज देखी साँफेबगर परिक्षण उडान गरेको समिट एयरलाइन्सले आजदेखि साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो । नियमति उडान भए पछी यस अछाम र बाजुराको तल्लो क्षेत्रका जनतालाई आवत जावत गर्न सहज हुने भएको छ ।

पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ । यात्रुहरुको चाप हेरेर आगामी दिनमा हप्तामा ४ दिन सम्म उडान भर्न सकिने समिट एयरका दिपक दुवालले जानकारी दिनुभयो । धनगढी देखी साँफेबगरसम्मका लागी ३ हजार ३ सय ५० भाडादर कायम गरिएको दुवालले बताउनु भयो ।

यसअघि नेपाल एयरलाईन्सले नेपालगञ्ज देखी साँफेबगरका लागि नियमित उडान भर्दै आईरहेको छ । नेपाल एयरलाईन्सले हप्तामा दुई दिन आईतबार र बिहिबार उडान गर्दै आईरहेको छ । पत्रकार कालु बोहोराको सहयोगमा ।

चर्चामा

सम्बन्धित समाचार