बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • धनगढीमा सुत्केरीको मृत्यु, सेती अस्पतालले लापरवाही गरेको आरोप

धनगढीमा सुत्केरीको मृत्यु, सेती अस्पतालले लापरवाही गरेको आरोप

  • बिहिबार, चैत्र ७, २०७५
धनगढीमा सुत्केरीको मृत्यु, सेती अस्पतालले लापरवाही गरेको आरोप
बडीमालिका खवर

धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। वेथालागे पछि चैत ४ गते सेती अस्पताल धनगढीमा भर्ना भएकी रेखा थापाको सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रिया गरिएको थियो। मृतकका श्रीमान जय थापाका अनुसार शल्यक्रियापछि उनको पेट सुन्निएको थियो।

उपचारमा संलग्न डाक्टरले ग्यास्ट्रिकको कारण देखाउँदै दुई दिन वेवास्ता गरेको उनको आरोप छ। डक्टरले बुधबार थापालाई जन्डिस भएको भन्दै उपचार गरेका थिए। तर पेट सुन्निने समस्या यथावत रहेपछि आज विहान मात्रै उपचार सम्भव नसकिने भन्दै कोहलपुर अस्पताल रेफर गरेको भएपनि अस्पताल नपुग्दै उनको मृत्यु भएको श्रीमान थापाले बताए।

डक्टरको लापर्वाहीका कारण बीरामीको मृत्यु भएको भन्दै आफन्तले भने शव बुझ्न मानेका छैनन्। मृतकका आफन्तले लापर्वाही गर्ने डाक्टरलाई कडा भन्दा कडा कारवाही गरिनु पर्ने माग समेत राखेका छन्। सेती अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर हेमराज पाण्डेले भने घटनाबारे थप अनुसन्धान गर्न छानविन कमिटी गठन गर्ने बताएका छन्।

चर्चामा

सम्बन्धित समाचार