शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजधानीमा बम विस्फोटहुँदा ६ जनाको मृत्यु

राजधानीमा बम विस्फोटहुँदा ६ जनाको मृत्यु

  • बिहिबार, चैत्र ७, २०७५
राजधानीमा बम विस्फोटहुँदा ६ जनाको मृत्यु

७ चैत, काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा परी छ जनाकोे मृत्यु भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायको बसोबास रहेका फारसी भाषीहरुले नयाँ वर्ष मनाइरहेका समयमा सो विस्फोट भएको थियो । यस युद्धग्रस्त देशमा भएको यो पछिल्लो आक्रमण हो ।

काबुलमा आज बिहान भएको एक विस्फोटमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिदुल्लाह मयारले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।यस आक्रमणको तालिबान आतङ्ककारी समूहले जिम्मा लिएको छैन ।

काबुल विश्वविद्यालय र एक तीर्थस्थलको नजिकै फारसी भाषीहरुको नयाँ वर्षको विदा मनाउन बसेका अफगान नागरिकको भीडमा सो विस्फोस्ट भएको थियो । अफगानिस्तानका सिया मुसलमान समुदायलक्षित आइएस आतङ्ककारी समूहले पनि बारम्बार आक्रमण गर्दै आएको पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार