शुक्रबार, बैशाख १४, २०८१

होलीको जोश

  • बिहिबार, चैत्र ७, २०७५
होलीको जोश

तराईमा होली खेलिइरहेको छ । त्यसक्रममा नेपालगन्ज पनि विहानै देखि अबिरमा रंगिन थालेको छ ।
होलीको अवसरमा आज बिहीबार विहान जिल्ला प्रहरी कार्यालय बाँकेले होलीको शुभकामना आदानप्रदान गर्यो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी उपरीक्षक अरुण पौडेलले सम्भ तरिकाले होली मनाउन नगरबासीलाई आग्रह गरेका थिए ।त्यस्तै, प्रेस चौतारी र प्रेस सेन्टरले पनि संयुक्त रुपमा होलीको कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि, प्रदेशसभा सदस्य आइपी खरेलले पर्व परम्परा भएकाले त्यसलाई सबैले मनाउनु पर्ने तर पर्वका नाममा विकृति भित्र्याउन नहुने धारणा राखेका थिए ।
त्यस्तै, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले पनि होलीको अवसरमा शुभकामना आदानप्रदान गर्यो । पर्वको अवसरमा आठौं राष्ट्रिय खेलकुदको सन्देश दिंदै पर्व मनाइएको हो । त्यस्तै, नेपालगन्जको सेतु विक चोकका दुई स्थानमा होली केन्द्रित इभेन्ट भैरहेका छन् ।

 

 

चर्चामा

सम्बन्धित समाचार