शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • राष्ट्रिय गौरव बढ्ने जनताकाे जलविद्युत आयाेजना : आजबाट शेयर बिक्री खुला, प्रधानमन्त्रीले १० हजारकाे शेयर किन्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

राष्ट्रिय गौरव बढ्ने जनताकाे जलविद्युत आयाेजना : आजबाट शेयर बिक्री खुला, प्रधानमन्त्रीले १० हजारकाे शेयर किन्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

  • बिहिबार, चैत्र ७, २०७५
राष्ट्रिय गौरव बढ्ने जनताकाे जलविद्युत आयाेजना : आजबाट शेयर बिक्री खुला, प्रधानमन्त्रीले १० हजारकाे शेयर किन्दै (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

काठमाडाैँ ।सरकारले ल्याएको ‘जनताको जलविद्युत’ कार्यक्रमअन्तरगत पहिलोपटक आजबाट शेयर बिक्री खुला हुँदै छ ।

गत फागुन २ गते जलविद्युत् आयोजनाहरूमा सर्वसाधारणको स्वामित्व स्थापित गर्ने लक्ष्यका साथ सरकारले सो कार्यक्रम घोषणा गरेको थियो ।

त्यस क्रममा यस परियोजना अन्तरगत पहिलो शेयर चैतमै आउने दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो शेयर आफूले किन्ने वाचा गर्नुभएको थियो । सोही अनुसार आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेयरका लागि पहिलो आवेदन हुन लागेको स्रोतले जनाएको छ ।

आजबाट बिक्री खुला भएको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको शेयरका लागि प्रधानमन्त्री ओलीले रु १० हजार बराबरको शेयर खरिद आवेदन दिन लागेको बताइएको छ ।

उहाँले ग्लोबल आईएमई क्यापिटलमार्फत शेयरका लागि अनलाइन आवेदन भर्ने जनाइएको छ । यसैगरी ऊर्जामन्त्री वर्षमान पुनले पनि सो आयोजनाको शेयरका लागि आजै पहिलो चरणमा आवेदन दिने बताइएको छ ।

प्रधानमन्त्री र ऊर्जामन्त्री दुवैले आज बिहीबार बिहान करिब १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने स्रोतको दाबी छ । प्रधानमन्त्रीले १०० कित्ता शेयरका लागि आवेदन गर्ने जनाइएको छ, जसको मूल्य १० हजार रुपैयाँ हुन आउँछ ।

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली विद्युत्को सेयरधनी’ भन्ने मूलनाराका साथ घोषणाा गरिएको जनताको जलविद्युत कार्यक्रमबाट जलविद्युत्मा करिब सात खर्ब रुपियाँ लगानी जुटाउने सरकारको लक्ष्य छ ।

त्यसका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले हाललाई तीन हजार ४७९ मेगावाट क्षमताका १९ वटा जलविद्युत् आयोजना निश्चित गरिसकेको छ । मन्त्रालयले कार्यक्रमका लागि आवश्यक कार्यविधि यसअघि नै पारित गरिसकेको छ ।

कार्यविधिअनुसार यस कार्यक्रम अन्तर्गतका हरेक आयोजनामा ५१ प्रतिशत सरकारकाे तथा ४९ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहनेछ । सर्वसाधारण समूहमा पनि १० प्रतिशत शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले मात्र किन्न पाउने व्यवस्था गरिएकाे छ ।

माथिल्लाे त्रिशुली ३ बी : कसरी दिने आवेदन ?
सर्वसाधारणले शेयरमा आवेदन गर्नका लागि डिम्याट खाता खाेलेकाे हुनुपर्नेछ । याे खाता भएका जाेसुकैले शेयरमा आवेदन गर्नका लागि आफ्नाे बैंक खाता भएकाे जुनसुकै शाखामा गएर आवेदन फारम भर्न सकिने छ । साथै मेराे शेयरमा गएर अनलाइनबाटै शेयर आवेदन दिन सकिनेछ ।

आजबाट बिक्रीमा आएकाे माथिल्लाे त्रिशुली ३ बीकाे शेयरकाे अ‌ंकित मूल्य प्रतिकित्ता रु १०० भए पनि पहिलाे चरणमा भने साे रकमकाे १० प्रतिशत अर्थात रु १० दशप्रतिकित्ताका दरल‍े आवेदन दिनुपर्ने व्यवस्था गरिएकाे छ । बाँकी भुक्तानी आयाेजनाकाे काम ७५ प्रतिशत सम्पन्न भएपछि मागिने आयाेजनाले जनाएकाे छ ।

जनताको जलविद्युत कार्यक्रमका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ संशोधन गरेर यस्ता आयाेजनाहरुमा सर्वसाधारणबाट शेयर पूँजीको १० प्रतिशत अग्रिम संकलन गर्न सकिने व्यवस्था गरिएकाे हाे ।

माथिल्लाे त्रिशुली ३ बी काे जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँ रहेकाे छ र साेकाे १५ प्रतिशत अर्थात् कूल ३७ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरिएकाे हाे ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् । शेयरमा आवेदन दिने म्याद यही चैत ११ गतेसम्म रहेकाे छ । साे अवधिमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा भने २०७६ वैशाख ६ गतेसम्म आवेदन गर्न पाइने जनाइएकाे छ ।

नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावटको याे आयोजना २०७८ फागुन १७ भित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । आयोजना लागत ८ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ अनुमान गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार