बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा कोदो रेष्टुरेन्ट सञ्चालन

बाजुरामा कोदो रेष्टुरेन्ट सञ्चालन

  • बुधबार, चैत्र ६, २०७५
बाजुरामा कोदो रेष्टुरेन्ट सञ्चालन

बडीमालिका खवर
बाजुरा ६ चैत्र
बाजुराकाे सदरमुकाम मार्तडीमा कोदो रेष्टुरेन्ट सञ्चालनमा आएको छ । स्थानीय रैथाने बालीका रुपमा रहेको कोदोको प्रवद्र्धनका लागि जिल्लामा कोदो रेष्टुरेन्ट सञ्चालनमा आएको हो । हाँसी खुसी बार्जु प्रालीले मार्तडीमा पहिलो कोदो रेष्टुरन्ट सञ्चालन गरेको स‌चालक समितिले बताएकाे छ । रेष्टुरेन्ट होली पर्वको अवसर पारी उद्घाटन गरिएको सञ्चालकन गरिएको सञ्चालक लालबहादुर ओलीले बताएका छन् । कोदोबाट बन्ने दुई दर्जन बढी परिकार उपलब्ध गराउने लक्ष्य सहीत सञ्चालन गरिएको सञ्चालक लालबहादुर ओलीले बताएका छन् । पछिल्लो समय कोदोको परिकार मनपराउनेहरुको संख्यामा वृद्धी हुद गएको छ । स्थानीय स्तरमा प्रर्याप्त मात्रामा उपलब्ध हुने र स्वास्थ्यका लागि पनि उपयुक्त भएकोले कोदो रेष्टुरेन्ट सञ्चालन गरिएको हो । सेवा झिक्कै, नाफा ठिक्कै भन्ने आदर्श नाराका साथ सञ्चालन गरिएको रेष्टुरेन्टले खुद नाफाको २५ प्रतिशत आम्दानी रकम बाल अधिकारको संरक्षण र शिक्षा विकासमा लगानी गर्ने नीति लिएको छ । कोदो रेष्टुरेन्टको रेडियो बाजुराका स्टेशन प्रबन्धक कृष्ण ओलीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा सहभागि बीच गरिएको गोलापर्थाबाट ओलीले उद्घाटन गर्ने अवसर प्राप्त गरेका हुन् । उद्घाटन लगत्तै सहभागिलाई कोदोको नमकिन र सेलरोटीको स्वाद चखाउने कार्य गरिएको थियो । कोदोको हलुवा, नमकिन, रोटी, सेलरोटी, लिटो सहीतका २० देखि २८ प्रकारका खानेकुरा निर्माण गर्न सकिने सञ्चालकले बताएका छन् । आन्तरिक तथा बाह्य पर्यटकको प्रवद्र्धन र विकासमा टेवा पुर्याउने लक्ष्य सहीत रेष्टुरेन्ट सञ्चालन गरिएको अनिता थापाले बताएकी छन् । २४ घण्टे हाम डेलिभरी सेवा सहितको रेष्टुरेन्टमा कोदो र फापरको परिकार उपलब्ध गराउने बताईएको छ । कार्वोहाइडेटको मात्रा बढी उपलब्ध हुने हुँदा मात्र कोदोको महत्व नभई उपलब्धता र स्थानीय पहिचानको बाली भएकै कारण महिमा बढ्दै गएको छ । स्थानीय रैथाने बालीका रुपमा रहेको कोदो बालीको प्रवद्र्धन र विकासले आन्तरिक र बाह्य पर्यटकको आगमनमा ठूलो सहयोग पुग्ने छ । भने स्थानीयको आयआर्जमा समेत वृद्धी गर्ने लक्ष्य राखिएको छ ।

चर्चामा

सम्बन्धित समाचार