शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • विप्लवमाथि प्रतिबन्ध लगाएकाेमा आँसु नझार्न कांग्रेसलाई प्रधानमन्त्री ओलीकाे आग्रह

विप्लवमाथि प्रतिबन्ध लगाएकाेमा आँसु नझार्न कांग्रेसलाई प्रधानमन्त्री ओलीकाे आग्रह

  • बुधबार, चैत्र ६, २०७५
विप्लवमाथि प्रतिबन्ध लगाएकाेमा आँसु नझार्न कांग्रेसलाई प्रधानमन्त्री ओलीकाे आग्रह

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द (विप्लव) समूहलाई प्रतिबन्ध लगाएकोमा रुवाबासी नगर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।चन्द समूह मान्यताप्राप्त संस्था नभएकाले सरकारले नचिन्ने अनधिकृत समूह मात्रै भएको प्रधानमन्त्री ओलीको भनाइ छ । आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ बाेल्दै उहाँले बम पडकाउने, आतंक फैल्याउने लगायतका अपराधिक गतिविधि गरेकाले याे समूहलाई प्रतिबन्ध लगाउने निर्णय लिनुपरेको पनि स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयाे, ‘यस्ता गतिविधिमा संलग्न समूहलाई प्रतिबन्ध लगाउँदा आफूहरु लोकतान्त्रिक पार्टी भन्नेहरुको रुवाबासी किन ?’प्रधानमन्त्री ओलीले देशमा धम्क्याउने, लुटपाट गर्ने छुट कसैलाई नभएको पनि बताउनुभयो । उहाँले फरक प्रसंगमा मन्त्रीमण्डल हेरफेर गर्ने कुनै योजना नभएको पनि स्पष्ट पार्नुभयो ‘एउटा मन्त्रालय खाली छ । त्यसलाई पूर्णता दिने एउटा कुरा हो । तर मन्त्रीमण्डल हेरफेरको कुनै योजना छैन’, प्रधानमन्त्री ओलीको स्पष्टिकरण थियो ।

चर्चामा

सम्बन्धित समाचार