शुक्रबार, कार्तिक ९, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • लगानी सम्मेलनमा सुदूरपश्चिमबाट साढे ४ खर्वका ६ आयोजना प्रस्तुत हुने

लगानी सम्मेलनमा सुदूरपश्चिमबाट साढे ४ खर्वका ६ आयोजना प्रस्तुत हुने

  • सोमवार, चैत्र ४, २०७५
लगानी सम्मेलनमा सुदूरपश्चिमबाट साढे ४ खर्वका ६ आयोजना प्रस्तुत हुने

सरकारले चैत १५ र १६ गते गर्ने लगानी सम्मेलनमा सुदूरपश्चिमका ६ आयोजनालाई प्रस्तुत गर्ने भएको छ। सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजना गरि ६३ आयोजना देशभरबाट प्रस्तुत गर्ने तयारी भएकोमा सुदूरपश्चिमका भने ६ आयोजना मात्रै परेका हुन्। झण्डै ५५ देशका लगानीकर्ताको सहभागितमा हुने लगानी सम्मेलनमा सुदूरपश्चिमका ४ खर्व ५४ अर्वका ६ आयोजना प्रस्तुत गरिने भएका हुन्। सुदूरपश्चिमबाट छनौट गरिएका आयोजना मध्ये अधिकासं उर्जाका आयोजनाहरु रहेका छन् भने हवाई र यातायात पुर्वाधारका योजनाहरु पनि छनौट गरिएको लगानी बोर्डका प्रवक्ता बालाराम रिजालले बताए।

उनका अनुसार आर्थिक समृद्धिको अभियानलाई अझै सन्तुलित बनाउने गरी सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा सुदूरपपश्चमबाट ६ वटा विकास आयोजनाको प्रस्ताव सूची तयार पारिएको हो। ४० मेघावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजना, ७ सय ५० मेघावाटको पश्चिम सेती जलविद्युत आयोजना, १२ सय मेघावाटको पश्चिम सेती तथा एसआर सिक्स संयुक्त जलबिद्युत परियोजना, धनगढी क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल, एकिकृत कृषि पुर्वाधार परियोजना गोदावरी कैलाली र सुदूरपश्चिम परिवहन परियोजना गरि ६ वटा परियोजना लगानी सम्मेलनमा समावेश गरिने प्रवक्ता रिजालले बताए। ६ वटै परियोजनाका लागि ४ खर्व ५४ अर्व बढि लगानी आह्वान गरिने उनले बताए।

६ वटा परियोजनामा ५ वटा लगानी बोर्डले र माथिल्लो चमेलिया जलविद्युत आयोजना निजी क्षेत्रले पूर्व सम्भाव्यता अध्ययन गरी तयार परिएका आयोजना हुन्। कैलाली उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष दिनेश भण्डारीले यसपटक आयोजना नै प्रस्ताव गर्ने विषय राम्रो भएपनि लगानीका लागि नितिगत र प्रक्रियागत अवस्थामा सुधार आउन आवश्यक रहेको बताए। अहिले सम्म वातावरण नपाएको भन्दै सुदूरपश्चिममा स्वदेशी लगानीकर्ताको समेत आकर्षण नदेखिएकाले विदेशी लगानी भित्र्याउन सरकारको नीति लगानीमैत्री हुनुपर्ने धारणा उनको छ।

लगानी सम्मेलनमा प्रस्तुत गरिने पश्चिम सेती जलविद्युत परियोजना साढे तीन दशकदेखि अन्योलताको भुमरीमा छ। परियोजनालाई विदेशी कम्पनीहरुले लिँदै छोड्दै गरेका छन्। ठूला परियोजनाहरुको सवालमा जग्गा उपलब्ध गराउने, परियोजना स्थलका स्थानीयका माग सम्बोधन र सुविधा लगायतका बारेमा सरकारले प्रयत्न गर्ने मात्रै भन्ने गरेको छ। त्यस्ले विदेश लगानी आकर्षण गर्न नसकिने दाबी धेरेको छ। अर्थ सम्बन्धीका एक जना जानकार रामवहादुर बुढाऐरले सुरुमा सरकारले लगानीको बातावरण बनाउनुपर्ने बताए। उनले लगानी सुरक्षित रहेको ग्यारेण्टी गर्न सकेमात्रै विदेशी र स्वदेशी लगानी सुदूरपश्चिममा भित्रिने बताए।

उनका अनुसार सुदूरपश्चिममा नीजि क्षेत्रको लगानी पर्याप्त नभएको अवस्थामा विदेशी लगानी सहजै भित्रिने अवस्था भने छैन्। अहिले प्रदेश सरकार समेत रहेकाले लगानी भित्रायउन सहज नीति र बातावरण बनाउन समेत प्रदेश सरकारको भुमिका आवश्यक रहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार