• होमपेज
  • हिमाली
  • बेसाहारा बालबालिकालाइ पत्रकार कार्कीद्धारा सहयोग

बेसाहारा बालबालिकालाइ पत्रकार कार्कीद्धारा सहयोग

  • आइतवार, चैत्र ३, २०७५
बेसाहारा बालबालिकालाइ पत्रकार कार्कीद्धारा सहयोग

बडीमालिका खवर
बाजुरा ३ चैत्र
बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ६ निवासी सान्ते लवारका ५ जना छोरा छोरीलाई पत्रकार महेश कार्कीको पहलमा सहयोग गरिएको छ । कोल्टीमा अभियान चलाएर खाद्यान्न ,लुगाकपडा ,नुन ,तेल ,साबुन, स्ट्सनरी सामान र केही नगद सहित सहयोग गरेको हो । बेसाहारा बनेकासान्ते लवारका ५ जना छोरा छोरीलाइ सहयोग साम्रगी हस्तान्तरण गरिएको पत्रकार कार्कीले बताएका छन् । सहयोग सामग्री र रकम पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरीबाट हस्तान्तरण गराएको पत्रकार कार्कीले बताएका छन । आमा गुमाएको ६ महिना भयो बुवाको अबस्थामा पनि तेस्तै मुटुको बिमारी हुनुहुन्छ बाहिर हाम्रै साहारामा लाई बाहिर भित्र गर्छौ १ बर्षकी बहिनी छ पीडित कल्पना लोहारले बताइन । म कक्षा ९ मा जनप्रकास माबी मा अध्यन गर्छु घरको समस्यका कारण बिधालयमा नपढी अन्तिम परिक्षामा समाबेश भएकिछु पीडित कल्पना लोहार ले अँखा भरी आँसु झार्दै भनिन् । कार्कीसंग आज भन्दा केही दिन पहिले आफन्तले केही सहयोगका लागि पहल गरि दिनुपर्यो भनेर गुहार माग्न आएका बताएका थिए । मलाई अभियानमा सहयोग गर्ने पिसविन कोल्टी साखा परिवारका कर्मचारी रेडियो बुढिनन्दा परिवार ,नागरिक सेवा सरोकार मञ्च , महिला मंचका पदाधिकारी ,बाल संजाल ,युवा कलब ,ब्यापारीहरु लगायत स्थानीय तहका पदाअधिकारीले समेत सहयोग गरेको कार्कीले बताएका छन् । ,बाल कलब अगुवा प्रतीक्षा जोशी लगायत सम्पुर्ण अभियानमा साथ दिनुहुने सबै लाई पत्रकार कार्कीले सहयोग गरेको भन्दै धन्यबाद समेत दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार