बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • मार्च २९ को ब्रेक्जिट पर सार्ने पक्षमा बेलायती संसद

मार्च २९ को ब्रेक्जिट पर सार्ने पक्षमा बेलायती संसद

  • शनिबार, चैत्र २, २०७५
मार्च २९ को ब्रेक्जिट पर सार्ने पक्षमा बेलायती संसद

ब्रेक्जिटको लागि निर्धारित मार्च २९ को मिति पर सार्ने पक्षमा बेलायती संसदमा बहुमत सांसदले मत दिएका छन्।

बिहिबार सम्पन्न मतदानमा ब्रेक्जिटको लागि तोकिएको डेडलाइन पर धकेल्ने पक्षमा ४ सय १२ सांसदले मत दिएका छन् । विपक्षमा २ सय २ सांसदको मात्रै मत परेको छ ।

संसदको बहुमतपछि अब सरकारले ब्रेक्जिटलाई लम्बाउने प्रस्ताव युरोपेली संघसमक्ष लैजानुपर्नेछ । युरोपेली संघका अरू सबै २७ सदस्य राष्ट्रले सहमति जनाएपछि मात्र ब्रेक्जिटको मिति पर सार्न सम्भव हुनेछ ।

यसअघि मंगलबार प्रधानमन्त्री टेरेजा मेको ब्रेक्जिट डिललाई अस्वीकृत गरेको संसदले बुधबार नो डिल ब्रेक्जिटको विकल्पलाई पनि खारेज गरिदिएपछि बिहिबार ब्रेक्जिट लम्ब्याउने पक्षमा मतदान गराइएको थियो।

प्रधानमन्त्री मेले अर्को साता संसदमा आफ्नो डिल पुनः निर्णयार्थ प्रस्तुत गर्नेछिन्। उक्त डिल पास भएको अवस्थामा उनले ब्रेक्जिटको अवधि तीन महिना पर सार्न युरोपेली संघलाई आग्रह गर्नेछिन्।

डिल फेल भएको अवस्थामा भने अझै लामो अवधिका लागि म्याद बढाउन आग्रह गर्ने बुझिएको छ ।

युरोपेली संघले भने बेलायतले चित्तबुझ्दो कारण पेश गर्ने सके मात्रै म्याद थप गर्नेमा सहमति जनाउने बताउंदै आएको छ।

चर्चामा

सम्बन्धित समाचार