बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • खेलकुद
  • आर्मीका बिमला र पुनम छनोट

आर्मीका बिमला र पुनम छनोट

  • शनिबार, चैत्र २, २०७५
आर्मीका बिमला र पुनम छनोट

काठमाडौं । त्रिभुवन आर्मी क्लबका बिमला श्रेष्ठ र पुनम रावल थाइल्याण्डमा आयोजना हुने एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगिताका लागि छनोट भएका छन् ।

नेपाल बक्सिङ संघले शनिबार आयोजना गरेको छनोटमा जित निकाल्दै बिमला र पुनम प्रतियोगिताका लागि छनोट भएका हुन् ।

महिलातर्फको ५१ केजी तौल समूहमा बिमलाले एपीएफकी माला राइलाई ४–१ ले अंकका अधारमा पराजित गरिन् । महिला ६० केजी तौल समूहमा पुनमले एपीएफकै संगिता सुनारलाई ४–१ ले अंकका आधारमा हराउदै प्रतियोगिताको लागि छनोट भईन् ।

यस्तै पुरुषतर्फ आर्मीकै आशिष दवाडी र सुशिल थापा छनोट भएका छन् ।

सुपर हेबी वेटको ९१ केजीमाथीको तौल समूहमा आशिषले गण्डकी प्रदेशका कुशल रानालाई ३५ सेकेन्डमै नकाउट हान्दै छनोट भए । ४९ केजी तौलमा आर्मीका सुशिलले प्रदेश ३ का मदन डंगोललाई ५–० ले अंकका आधारमा हराउदै छनोट भए ।

प्रतियोगिता थाईल्याण्ड बक्सिङ संघको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा संचालन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार