मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • खोलाको पानीमा निर्भर ओलानीका बासिन्दा

खोलाको पानीमा निर्भर ओलानीका बासिन्दा

  • शनिबार, चैत्र २, २०७५
खोलाको पानीमा निर्भर ओलानीका बासिन्दा

गाउँमा खानेपानीको सुविधा नभएपछि कैलालीको अत्तरिया नगरपालिका– ११ र १२ मा पर्ने गोदावरीको ओलानी क्षेत्रका बासिन्दाले खोलाको पानी पिउने गरेका छन् । चुरेको फेदीमा पर्ने यस क्षेत्रका बासिन्दाले नहर र पाइपमार्फत गाउँमा ल्याइएको स्थानीय मछली खोलाको पानी पिउने गरेका हुन् ।

स्थानीयका घरमा खानेपानीका धारा जोडिएका छन् । तर, आयोजना बन्द भएपछि दशकयता धारामा पानी आउन छाडेको स्थानीयवासिन्दाले बताए । ‘धारामा पानी आउँदैन, खोलाको पानी पिउनुको विकल्प छैन,’ स्थानीय सावित्री खड्काले भनिन्, ‘अहिले त खोलाको पानी संलो नै हुन्छ, वर्षामा धमिलै पानी पिउनुपर्छ ।’

खानेपानी कार्यालयले बनाएको गोदावरी खानेपानी आयोजनाले दुवै वडाका पाँच सय घरधुरीलाई खानेपानी सुविधा पु-याएको थियो । पानी तान्ने बोरिङ बिग्रिएपछि करिब १० वर्षअघि आयोजना बन्द भएको वडा नम्बर ११ का अध्यक्ष शिव विकले बताए ।

दुवै वडाका करिब ६ सय परिवारले खोलाको दूषित पानी प्रयोग गर्ने गरेका वडाध्यक्ष शिव विकले बताए । बस्तीको सिरानमा पर्ने चुरे फेदी भएर मछली खोला बग्छ । मछली खोलाको पानी सिँचाइका लागि नहरमार्फत गाउँमा पु¥याइएको छ । त्यही नहरमा बग्ने पानी स्थानीयले खानेपानीका रूपमा प्रयोग गर्ने गरेका वडा अध्यक्ष बिकले बताए ।

ओलानीको माथिल्लो भेगमा भने खोलाको पानी पाइपमार्फत ल्याएर बस्तीमा वितरण गरिएको छ । वडा नम्बर १२ मा पर्ने उक्त क्षेत्रमा पाइपमार्फत ५० सार्वजनिक धारामा पानी वितरण गरिएको छ । पाइपबाट ल्याइएको खोलाको पानी तीन सय घरधुरीले उपभोग गर्ने गरेको वडा नम्बर–१२ का वडा अध्यक्ष भीमबहादुर खड्काले बताए ।

समस्या पानीकै
अन्य विकल्प नभएपछि पाइपबाट खोलाको पानी ल्याएर प्रयोग गर्ने गरिएको वडा अध्यक्ष भीमबहादुर खड्काले बताए । ‘यहाँको मुख्य समस्या भनेको खानेपानी नै हो । भूमिगत पानी भेटिँदैन,’ अध्यक्ष खड्काले भने, ‘खोलाबाट नहर र पाइमा ल्याइएको पानी खानुपर्ने बाध्यता छ ।’

प्रदूषित पानीले समस्या 
खोलाको प्रदूषित पानीले स्वास्थ्यमा समस्या देखिने गरेको स्थानीयको भनाइ छ । बेलाबेलामा झाडापखालालगायत समस्या भोग्नुपर्ने गरेको स्थानीय ममता नेपालीले बताइन् । चुरेको फेदी भएर बग्ने भएकाले खोलामा हेर्दा पानी संलो देखिए पनि कतियपले खोलामै नुहाइधुवाइ गर्ने, बस्तुभाउ चराउने र मरेका वस्तुभाउ खोलामै कुहिने भएकाले प्रदूषित हुने गरेको उनको भनाइ छ । वडा अध्यक्ष खड्काका अनुसार दुवै वडामा पर्ने ओलानीको तल्लो क्षेत्रका झन्डै दुई सय परिवारले इनारको पानी प्रयोग गर्छन् ।

चर्चामा

सम्बन्धित समाचार