• होमपेज
  • देश/प्रदेश
  • कञ्चनपुरमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा मोटरसाईकलमा सवारको मृत्यु

कञ्चनपुरमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा मोटरसाईकलमा सवारको मृत्यु

  • शुक्रबार, चैत्र १, २०७५
कञ्चनपुरमा मोटरसाईकलले साईकल यात्रीलाई ठक्कर दिदा मोटरसाईकलमा सवारको मृत्यु

चैत, १ कञ्चनपुर

कञ्चनपुरमा मोटरसाईकलले साईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ। जिल्लाको बेतकोट नगरपालिका ९ मा महेन्द्रनगबाट बेल्डाडी तर्फ जाँदै गरेको से ५ प ७१३५ नम्वरको मोटरसाईकले साईकललाई ठक्कर दिदा एक जनाको मुत्यु भएको हो।

मोटरसाईकलमा सवार कल बेतकोट नगरपालिका २ बस्ने २३ बर्षका टेकराज जोशीको मुत्यु भएको हो। दुर्घटनामा परि गम्भीर घाईते भएका उनलाई उपचारका लागि महाकाली अञ्चल अस्पताल पुगाईएको थियो। महाकाली अस्पतालले भारतको खटिमा रेफर गरेपछि उनको बाटामै मृत्यु भएको जिल्ला ट्राफीक प्रहरी कार्यालय कञ्चनपुरका हवल्दार गणेशदत्त भट्टले जानकारी दिए।

साईकल यात्री बेतकोट नगरपालिका ६ बस्ने बर्ष १२का पुष्कर बोहरा भने सकुसल छन्। मोटरसाईकल चालक बेल्डाडी गाउँपालिका २ बस्ने २३ बर्षिय सन्तोष रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार