• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा पहिलो पटक मुगौला दिवस मनायो

बाजुरामा पहिलो पटक मुगौला दिवस मनायो

  • बिहिबार, फाल्गुन ३०, २०७५
बाजुरामा पहिलो पटक मुगौला दिवस मनायो

बडिमालिका समचार
फागुन, ३० मार्तडी
बाजुरा जिल्लामा पहिलो पटक बिश्व मृगौला दिवस मनाएको छ । बडिमालिका नगरपालिकको आयोजनामा सबैका लागि स्वस्थ मृगौला भन्ने नाराका साथ बिश्व मृगौला दिवस मनाईएको बडिमालिका नगरपालिका कर्मचारी बिर बहादुर बिष्टले वताएका छन् ।
मार्तडी बजारमा बाजागाँजाका साथ रयाली सहित बडिमालिका नगरपालिकाको सभाहलमा कार्यक्रम गरिएको थियो । नगरपालिकाकाको हलमा मृगौलाका बारेमा जानकारी, मृगौला रोगको बारेमा र बचावटका बारेमा जिल्ला अस्पताल बाजुराका डा. टिकाराम राइले सहभागिलाई जानकारी गराएका थिए ।
कार्यक्रममा मालिका नमुना उच्चमाबि, कन्र्भस बोडिङ्ग स्कुलका बिद्यार्थी, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, नागरिक समाज, ब्यापारि, स्थानियको सहभागिता रहेको थियो । यो दिवस पहिलो पटक बाजुरामा मनाईएको थियो, बजार परिक्रम गरेर सबैलाई जानकारी गराएका थियौ, साथै मृगौलामा लाग्ने रोग र बचावटका बारेमा सहभागिलाइ जानकारी गराएको बिर बहादुर बिष्टले वताएका छन् ।
बडिमालिका नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा, जिल्ला स्वास्थ्य कार्यलय, ग्रामिण सुधार केन्द्र (आर.आइ.सी) स्वास्थ्य अधिकार तथा सुर्तिजन्य प्रदार्थ नियन्त्रणका लागि जिल्ला सञ्जाल बाजुराले समन्वय गरेका थिए । कार्यक्रमको अध्यक्षता बडिमालिका नगरपाकिलाका उपप्रमुख कबिता बिष्टले गरेकी थिईन्, । प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख सुनिता मिजार रहेकी कार्यक्रमको सञ्चालन बिर बहादुर बिष्टले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार