शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • क्लवको जर्सीमा मुख्यमन्त्री कप

क्लवको जर्सीमा मुख्यमन्त्री कप

  • बिहिबार, फाल्गुन ३०, २०७५
क्लवको जर्सीमा मुख्यमन्त्री कप

धनगढि, ३० फागुन

अहिले धनगढीमा प्रथम अन्तर प्रदेश मुख्यमन्त्री कप खेलकुद प्रतियोगिता जारी छ। प्रतियोगिता अन्तरगत क्रिकेट र फुटवलका खेलहरु भईरहेका छन्। फुटवलमा आज प्रदेश नम्वर २ र प्रदेश नम्वर ५ विच खेल भईरहेको छ। फुटवल खेलमा प्रदेशको टिमले क्लवको जर्सी लगाएर खेली रहेको छ।

प्रदेश नम्वर २ को फुटवल टिमले दोभन क्लवको जर्सी लगाएर सरकारी प्रतियोगिता खेलीरहेको छ। पर्याप्त तयारी विना हतार हतार गरिएको मुख्यमन्त्री कपमा एकपछि अर्को गर्दै गल्ती भेटिन थालेपछि प्रतियोगिताको आलोचना बढ्दै गएको छ।

खेलाडी समेत छनौट नगरी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकै लागि छनौट भएका खेलाडीहरुलाई सहभागी गराईएको छ भने खेलका लागि मैदानमा समेत पर्याप्त तयारी नगरिएको भेटिएको छ। धेरै खेलकर्मीले नै प्रतियोगिता बजेट सक्ने मेसोका रुपमा मात्रै आयोजना भएको आरोप पनि लगाएका छन्।

दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार