शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पाठेघर खस्ने रोगको निशुल्क स्वास्थ्य शिबिर संचालन

पाठेघर खस्ने रोगको निशुल्क स्वास्थ्य शिबिर संचालन

  • बुधबार, फाल्गुन २९, २०७५
पाठेघर खस्ने रोगको निशुल्क स्वास्थ्य शिबिर संचालन

 बडीमालिका समाचार
सुदुर पश्चिमका बिभिन्न जिल्लामा स्वास्थ्य शिबिरको आयोजना गरिएको छ । विस्वका बिभिन्न देशमा छरिएर रहेका सुदुरपस्चिमेली नेपालिले सो कार्यक्रमको आयोजना गरेको हो । सुदुर पस्चिमेली नेपाली समाजको छाता संगठन सुदुरपस्चिमेली नेपालि समाज अन्तरास्ट्रीय समितिले सुदुरपस्चिम प्रदेश का ९ वटा जिल्लामा पाठेघर खस्ने रोगका लागी केही दिन अघी देखी निशुल्क शिबिरको आयोजना गर्दै आएको बताएको छ ।


महिला हरुमा ग्रसित आङ्ग खस्ने (पाठेघर) को समस्या लाइ मध्यनजर गरेर महिला जनचेतना फैलाउने, घर परिवार आफन्त बाट टाढा रहेका प्रबासी युबाहरुको सक्रियतामा सो शिबिरको आयोजना गरेको मायामेट्रो हस्पिटलका डाक्टर बिष्णु जोशीले बताएका छन ।
शिबिर संचालन गर्ने क्रममा आज बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको टाटेँ स्वास्थ्य चौकीमा पनी शिबिर संचालन गरिएको छ । उपचारका क्रममा अधिकासं महिलाहरुमा पाठेघरको समस्या भएको डाक्टर जोशीले बताएका छन यो समाचार तयार पारुन्जेल १ सय ५३ जनाको चेकजाचँ गरियो र त्यसमा १ सय ४० जना महिलामा पाठेघरको समस्या सेतो पानी बग्ने समस्याका बिरामी रहेको डाक्टर जोशीले बताएका छन । सो शिबिर २ दिन सम्म चल्ने आयोजकले बताएको छ
निशुल्क स्वास्थ्य शिबिर फागुन २६ र २७ गते डोटीको शिखर नगरपालिकामा सम्पन्न गरिएको छ ।, आज र भोली बाजुराको बुढीगंगा नगरपालिकामा संचालन गरिने र चैत २ गते डडेलधुराको भागेशवर गाउँपालिका त्यसै गरी चैत ३ गते अजयमेरु गाउँपालिकामा शिबिरको आयोजना गर्ने बताएको छ ।
मायामेट्रो हस्पिटल प्रा लिको प्राबिधिक सहयोग तथा सुदुरपस्चिमेली नेपालि समाजको आयोजनामा सो शिबिर संचालन गरिएको बताएको छ । मायामेट्रो हस्पिटल प्रालिका बरिष्ठ गाइनोलिजिस्ट सहितको टोलिले चेकजाँच गर्नुका साथै आबस्यक सल्लाह र उपचार गरिएको बताएका छ । प्रवासी नेपालीहरुले बिभिन्न देशमा रहेर पैशा संकलन गरी कार्यक्रमको आयोजना गरिएको सुदुरपस्चिमेली नेपालि समाज मलेसियाका कोशाध्यक्ष डम्बर बिश्वकर्माले बताएका छन् ।


सुदुरपस्चिमेली नेपालि समाज (भारत ,मलेसिया ,मकाउ ,कतार ,युएइ ,बहराइन, कुबेत, इजरायल ,जापान ,कोरिया ,अस्ट्रेलिया ,डेनमार्क ,अमेरिका ,क्यानाडा ,अफ्रीका) लगायतका देशमा बस्ने सुदुरपश्चिमेलीहरुको संयुक्त प्रयासमा शिबिरको आयोजना गरिएको उनले बताएका छन । सुदुरपस्चिमेली समाजको यो प्रयास प्रवासीहरुको पहिलो रहेको बाजुराका नागरिक समाजका अगुवाहरुले बताएका छन । प्रवासी नेपाली त्यसैमा सुदुरपश्चिम गरिवीको चपेटामा परेका नेपालीहरुले गर्ने यो कार्य असाध्यै राम्रो र स्वागत योग्य भएको बाजुराबासीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार