बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • सरकारसँगको सहमति उलंघन गर्दै सीके, लाग्यो स्वतन्त्र मधेसको नारा

सरकारसँगको सहमति उलंघन गर्दै सीके, लाग्यो स्वतन्त्र मधेसको नारा

  • सोमवार, फाल्गुन २७, २०७५
सरकारसँगको सहमति उलंघन गर्दै सीके, लाग्यो स्वतन्त्र मधेसको नारा

काठमाडौँ, २७ फागुन । मुलधारको राजनीतिमा आउने सहमति गरेर जनकपुर पुगेका सीके राउतले सहमतिको उलंघन गरेका छन् । सीकेका कार्यकर्ताहरुले उनकै अगाडि स्वतन्त्र मधेसको नारा लगाउँदा पनि उनले केही भनेनन् ।

जबकी, सरकारसँग गरेको सहमतिमा यसअघिका स्वतन्त्र मधेसको नारा छोड्ने, झण्डा, प्रचार सामाग्री, अनलाइन सामाग्री सबै प्रयोग नगर्ने, आइन्दा उत्पादन नगर्ने सहमति भएको थियो ।

तर, आइतबार जनकपुर पुगेका राउतको स्वातमा गएका कार्यकर्ताहरुले स्वतन्त्र मधेसको ब्यानर मात्र प्रयोग गरेनन् ‘मधेश देश लेके रहेंगे’ जस्ता नारावाजी पनि गरेका छन् । राउतले र्‍यालीमा स्वतन्त्र मधेसको झण्डा प्रयोग गर्नुका साथै ‘सुरक्षागार्ड’ पनि प्रदर्शन गरेका छन् । उनीहरुले बुलेट प्रुफजस्तो देखिने ज्याकेट लगाएका थिए भने कालो चश्मा र माक्स लगाएर अनुहार छोपेका थिए ।

राउत विमानस्थलमा आइपुगनु अघि नै त्यहाँ पुगेका उनीहरुले बुलेट प्रुफ ज्याकेटसँगै मास्क लगाएका थिए । उनीहरुले टाउकोमा रातो कपडा र स्वतन्त्र मधेस गठबन्धनको झण्डा बाँधेका थिए ।

उनीहरुले सिके राउतसँग प्रतिकृया लिन र फोटो खिच्न गएका पत्रकारहरुलाई समेत रोकेका थिए । यसअघि सीके राउत सहभागी सार्वजनिक कार्यक्रममा समेत नदेखिएका सुरक्षा गार्ड पहिलोपल्ट विमानस्थलमा देखिएका हुन् । विमानस्थलमा सीके राउतको सुरक्षा गर्न ८ जना सुरक्षा गार्ड खटिएका थिए ।

‘फ्रि मधेश’ लेखिएको झण्डा बोकेर राउतको स्वागतका लागि विमानस्थलमा भेला भएका स्वतन्त्र मधेश गठबन्धनका कार्यकर्ताले हिन्दी भाषामा ‘नेपाली उपनिवेश मुर्दावाद ! मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेश गठबन्धन जिन्दावाद ! सीके राउत जिन्दावाद !’ लगायत नारा लगाएका छन् ।

सरकारले सीके राउतसँग राष्ट्रिय अखण्डता सुनिश्चित गर्दै सहमति भएको बताएपनि सीके राउतका कार्यकर्ताले स्वतन्त्र मधेशका पक्षमा झण्डा बोक्नेदेखि नाराबाजी गर्नेसम्मका गतिविधि गरिरहेका छन् । साभार दैनिक नेपाल

चर्चामा

सम्बन्धित समाचार