बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • आर्यन सिग्देललाई बाबु बन्ने हतारो

आर्यन सिग्देललाई बाबु बन्ने हतारो

  • सोमवार, फाल्गुन २७, २०७५
आर्यन सिग्देललाई बाबु बन्ने हतारो

सन्तानको आगमन सबैका लागि रोमाञ्चक हुन्छ । नायक आर्यन सिग्देल पनि नयाँ सन्तानको स्वागतमा रोमाञ्चित छन् । उनी आगामी वैशाखमा बाबु बन्दैछन् । यो कुरा जानकारी उनले यस अघि नै खुलाइ सकेका छन् ।

आर्यन पत्नी सपना भण्डारीले वैशाखमा बच्चालाई जन्म दिंदैछिन् । सपनाले आइतबार बिहान आफू गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले पति आर्यनसँग बसेर खिचाएको तस्बिर फेसबुकमा शेयर गर्दै २०७६ वैशाखपछि आफूहरूको जीवन नै परिवर्तन हुने उल्लेख गरेकी छन् । तस्विरहरुलाई हेर्दा आर्यन जोडी नयाँ सन्तानका लागि हतारिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार