बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • असोक दर्जीको प्रस्तुतिमा झुमे दर्शक

असोक दर्जीको प्रस्तुतिमा झुमे दर्शक

  • शनिबार, फाल्गुन २५, २०७५
असोक दर्जीको प्रस्तुतिमा झुमे दर्शक

पदम सिंह
बाजुरा २५ फागुन
फागुन २३ गते बाट सुरु भएको सांस्कृतिक महोत्सवमा बाल कलाकार असोक दर्जीले प्रस्तुति दिएका छन् । बालक कलाकार असोक दर्जीको गीतमा बाजुराली दर्शकहरु झुकेका छन् ।
बाजुरा जिल्लामा ०६७ सालमा बाजुरा संस्कृतिक प्रतिष्ठानले आयोजना गरेको थियो । त्यो पछि बाजुरामा सास्कृतिक कार्यक्रम देख्न नपाएका दर्शकहरु यति बेला तीन दिनमा झुमेका छन् माएका छन् । बाजुरा जिल्लामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रशार र प्रर्बदन गर्न बाजुराको सदरमुकाम मार्तडीमा प्रथम बडीमालिका सास्कृतिक महोत्सब बिहिवारबाट सुरु भएको छ । सास्कृतिक कार्यक्रमले बाजुराली जनतालाई मनोरन्जन दिनुका साथै बाजुराको पर्यटन प्रर्बदनमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बडिमालिका सास्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।
बाजुराको कला संस्कृतिको जगेर्ना, पर्यटन प्रर्वद्धन गर्नका लागि बडीमालिका साँस्कृतिक कला केन्द्र मार्तडी बाजुराको आयोजना र ब्राण्डरुट ईन्टरटेनमेन्ट प्रालि तथा वान.वे फिल्मस प्रालि काठमाण्डौंको सह–आयोजनामा आज देखी कार्यक्रम सुरु गरिएको प्रचार प्रशार समिति संयोजक मदन बिकले बताएका छन ।
बिहिवार बाट संचालन गरिएको कार्यक्रम तीन दिनसम्म संचालन भएको छ । तीन दिनसम्म संचालन भएको कार्यक्रमको पहिलो दिन टंक तिमिल्सेना, प्रमोद डिजि दोस्रो दिन दुर्गेश थापा, मेक्सम खाती, गोपाल नेपाल जिएम सुनिल विसि, गायिका अमृता लामिछाने, मोडल पुजन घिमिरे, देब गुुरुङ्ग, विनु साक्यले र अन्तिम दिन टंक बुढाथोकी, असोक दर्जी र एआर बुढाथोकीले प्रस्तुति दिएका छन् ।
त्यस्तै स्थानीय कलाकारहरु प्रकाश थापा, नरबहादुर विश्वकर्मा चर्चित डान्सर राजेश पायल वि.क. र निशान्त रोकायालगायतको साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ । स्थानीयहरुले भोटे सेलो, भुवा चाली, देउडागीत, अनन्ते लगायत साँस्कृतिक झाँकीहरु कार्यक्रममा प्रस्तुती गरिने बडीमालिका साँस्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर वि.क.ले बताए ।

चर्चामा

सम्बन्धित समाचार