शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • ५६ जिल्लाले देउवालाइ बहिस्कार गर्दै काङ्रेस

५६ जिल्लाले देउवालाइ बहिस्कार गर्दै काङ्रेस

  • शुक्रबार, फाल्गुन २४, २०७५
५६ जिल्लाले  देउवालाइ बहिस्कार गर्दै काङ्रेस

 देउवालाइ बहिस्कार गर्दै काङ्रेसमा शेरबहादुर बिरुद्द लड्ने घोसणा

काठमाडौं । कांग्रेस महासमिति बैठकबाट पास भैसकेको बिषयलाई केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको भन्दै कांग्रेसका ५६ जिल्ला सभापतिले आपत्ति जनाएका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै जिल्ला सभापतिहरुले सो आपत्ति जनाएका हुन् । महासमिति भन्दा ठूलो केन्द्रिय कार्य समिति हुन नसक्ने भन्दै पार्टी सभापति पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केहि नेताहरु लागिपरेको विज्ञप्तीमा उल्लेख छ ।

पुष २९ गते देखि माघ ९ गतेसम्म काठमाडौँमा सम्पन्न महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश महासमिति सदस्यहरुको प्रस्ताव अनुसार विधानमा उल्लेखित स्वतः प्रतिनिधि सम्बन्धि प्रावधान हटाउन र समानुपातिक तथा आरक्षण कोटाबाट एकै व्यक्तिलाई दोहोर्याएर अवसरनदिने सम्बन्धि व्यवस्था बैठकबाट पास गरेको थियो । महासमितिले पास गरिसकेको सो विषयलाई केन्द्रिय कार्यसमितिको पछिल्लो बैठकले उल्टाएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

पार्टी संगठन र पार्टी नेतृत्वको विश्वसनीयतालाई गम्भीर क्षति पुर्याउने निर्णय माथि पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि पहल गर्न बाध्य हुने जिल्ला सभापतीहरुको चेतावनी छ ।

यसरी चेतावनी दिने जिल्ला सभापतिहरुमा प्रदेश नम्बर १ बाट लिला देवी बोखिम –ताप्लेजुंग, नरेन्द्र कुमार केरुङ्ग – पांचथर, हिमालय कर्माचार्य – ईलाम, उद्धव थापा – झापा , गोविन्द ढुंगाना – तेह्रथुम, नन्दमणि राई – भोजपुर, नरेश कुमार श्रेष्ठ – खोटाङ, बिनोद बस्नेत – सोलुखुम्बु, राजिब कोइराला – सुनसरी, डिग बहादुर लिम्बु – मोरंग, बिदुर बस्नेत- गाईघाट र दिपेन कुमार श्रेष्ठ –संखुवासभा रहेका छन् ।

यसैगरी प्रदेश नम्बर २ बाट कृष्ण देव यादव – रौतहट र अजय दुवेदी – पर्सा रहेका छन् भने प्रदेश नम्बर ३ बाट उज्जल बराल – सिन्धुली, मधु आचार्य – काभ्रे, लवश्री न्यौपाने – रामेछाप, विकाश लामा – सिन्धुपाल्चोक, जगदीश नरसिंह केसी – नुवाकोट, दुर्लभ थापा – भक्तपुर, सवुज बानिया – काठमाडौँ, पेम्बा क्षिरिङ्ग लामा – रसुवा, रमेश धमला – धादिङ र जित नारायण श्रेष्ठ – चितवन रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशबाट बैकुण्ठ न्यौपाने – तनहुँ, कृष्ण केसी -कास्की, खम्ब गर्बुजा -म्याग्दी, यङ्गजीङ्ग बिष्ट -मुस्ताङ, कुमार राणा -स्याङजा, बिष्णु प्रसाद लामिछाने -नवलपुर, भेष बहादुर पौडेल -लम्जुङ्ग, हरि बहादुर घले -गोरखा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ बाट अर्जुन पोखरेल -परासी, वीर बहादुर राणा -पाल्पा, भुवन श्रेष्ठ -गुल्मी, बिष्णु प्रसाद खनाल -अर्घाखाची, सुरेन्द्र प्रसाद आचार्य -कपिलबस्तु, अम्मर प्रसाद भण्डारी – प्युठान, अमर सिंह पून -रोल्पा, केशर मान रोका -पूर्व रुकुम, किरण कोइराला -बाँके र संजय गौतम – बर्दिया रहेका छन् ।

यस्तै कर्णाली प्रदेशबाट खड्ग बहादुर शाही – मुगु, दिप बहादुर शाही -जुम्ला, हर्ष बहादुर बम -कालिकोट, कृष्ण कुमार बिसी – दैलेख, कमल राज रेग्मी -सुर्खेत, प्रेम प्रकाश ओली -पश्चिम रुकुम, गणेश बहादुर चन्द -सल्यान, दिपक जंग शाही – जाजरकोट, जयपति रोकाया -हुम्ला र अंगत बुढा -डोल्पा रहेका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट कर्ण बहादुर मल्ल -डडेल्धुरा, ललित सिंह बोहरा -दार्चुला, नरेन्द्र सिंह थापा -बैतडी र हर्क जंग बहादुर सिंह -बझांङ्ग रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार