शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बाघको आक्रमणबाट प्रहरी दुई जना घाइते

बाघको आक्रमणबाट प्रहरी दुई जना घाइते

  • बिहिबार, फाल्गुन २३, २०७५
बाघको आक्रमणबाट प्रहरी  दुई जना घाइते

कैलालीको टीकापरमा बाघको आक्रमणबाट प्रहरी जवान सहित दुई जना घाईते भएको छन्  ।

बाघको आक्रमणबाट ईलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत ट्राफिक प्रहरी जवान भक्तराज धिताल र १५ बर्षिय सम्राट शाह घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हरि बहादुर ओलीले जानकारी दिए ।

टीकापुर नगरपालिका–१, ब्लक नम्बर ९ मा रहेको पाउँ उद्योग नजिक रहेको झाडीमा बाघ रहेको सूचना पाएपछि मानिसहरुको आवागमन बन्द गरेर सुरक्षा प्रवन्ध मिलाईरहेको अवस्थामा बाघले ट्राफिक प्रहरी जवान भक्तराज धिताललाई आक्रमण गरेको थियो ।

कैलालीको टीकापुरको बजारमा बाघ आएर बसेको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट बाघ आएको हुन सक्ने आशंका गरिएको छ ।

बाघ नियन्त्रणका लागि बर्दिया राष्ट्रिय निकुञ्जबाट वनको टोली बोलाईएको र टोली आईरहेको बताउँदै ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक शिव सिहले टोली पुगेलगत्तै बाघलाई नियन्त्रणमा लिने जानकारी दिए ।

बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएर रहेको टीकापुर नगरपालिकामा बाघ आतंक भएको पहिलो घटना हो ।

टीकापुर नगरपालीकाका प्रमुख तपेन्द्र रावलको निवास देखि लगभग एक सय मिटर दूरीमा बाघ लुकेर बसेको छ । प्रहरीले सो क्षेत्रमा आवागमन निषेध गरेर अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले बाघलाई घेरा हालेर बाघको सुरक्षा दिईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार