बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • प्रथम बडीमालिका सांस्कृतीक महोत्सव सुरु

प्रथम बडीमालिका सांस्कृतीक महोत्सव सुरु

  • बिहिबार, फाल्गुन २३, २०७५
प्रथम बडीमालिका सांस्कृतीक महोत्सव सुरु

बडीमालिका खवर
बाजुरा २३ फागुन
बाजुराको सदरमुकाम मार्तडीमा पहिलो बडीमालिका सास्कृतीक महोत्सब बिहिवार सुरु भएको छ । प्रथम बडीमालिका साँस्कृतिक कार्यक्रममा बाजुराबासीलाई मनोरन्जनका साथै बाजुराको पर्यटन प्रबद्धन र साँस्कृतीको जगेर्ना गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको हो ।


बाजुराको कला संस्कृतिको जगेर्ना, पर्यटन प्रर्वद्धन गर्नका लागि बडीमालिका साँस्कृतिक कला केन्द्र मार्तडी बाजुराको आयोजना र ब्राण्डरुट ईन्टरटेनमेन्ट प्रालि तथा वान.वे फिल्मस प्रालि काठमाण्डौंको सह–आयोजनामा आज देखी कार्यक्रम सुरु गरिएको प्रचार प्रशार समिति संयोजक मदन बिकले बताएका छन । बिहिवार बाट संचालन गरिएको कार्यक्रम तिन दिनसम्म संचालन गरिने बिकले बताए ।
कार्यक्रममा नेपालकै चर्चित कलाकारहरु गायक टंक बुढाथोकी, दुर्गेश थापा, मेक्सम खाती, गोपाल नेपाल जिएम, टंक तिमिल्सेना, प्रमोद डिजि, अशोक दर्जी, ए.आर बुढाथोकी, मधुसुदन डाँगी, सुनिल विसि, गायिका अमृता लामिछाने, मोडल पुजन घिमिरे, देब गुुरुङ्ग, विनु साक्य रहेका थिए । स्थानीय कलाकारहरु प्रकाश थापा, नरबहादुर विश्वकर्मा चर्चित डान्सर राजेश पायल वि.क. र निशान्त रोकायालगायतको साँस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।


स्थानीयहरुले भोटे सेलो, भुवा चाली, देउडागीत, अनन्ते लगायत साँस्कृतिक झाँकीहरु कार्यक्रममा प्रस्तुती गरिने बडीमालिका साँस्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर वि.क.ले बताए । आज पहिलो दिन स्थानिय कलाकारहरुका प्रस्तुतीका साथै टंक तिमिल्सेना, गोपाल जिएम नेपाल, सुनिल बिसी, मधुसुदन डाँगी लगाएतका राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको थियो ।


बडीमालिका साँस्कृतिक कला केन्द्रका अध्यक्ष धनबहादुर वि.क.को अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा नेकपा पार्टीका प्रदेश सदस्य तथा पुर्व सांसद बसुन्धरा रोकाया प्रमुख अतिथि रहेकी थिईन कार्यक्रमको संचालन पत्रकार वसन्त बिकले गरेको कार्यक्रम ३ हजार बढी दर्शकको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार