बिहिबार, अशोज २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पशु विमा गर्नेकाे सख्यामा बृद्धी

पशु विमा गर्नेकाे सख्यामा बृद्धी

  • बिहिबार, फाल्गुन २३, २०७५
पशु विमा गर्नेकाे सख्यामा बृद्धी

बडीमालिका खवर
बाजुरा २३ फागुन
बडिमालिका नगरपालिका वडा नम्वर २ की गोमती महत्तका परिवारले बाबु बराजुको पालादेखी पशु पाल्दै आए कयौ पशु रोग ब्याध लागेर मरे सुनुवाई भएर एक वर्ष भयो बाजुरामा पशु विमा कार्यक्रम लागु भएको भैसीको विमा गरेको थियो मरेपछि ४५ हजार राहत पाएको गोमती महतले बताईन् । सधै पशु व्यवसाय गर्नेहरुको लागी पशु विमा कार्यक्रम धेरै राम्रो भएको महत्तले भनिन् ।
बाजुरा जिल्लामा पछिल्ला पटक पशु बिमा दर्ता गर्ने क्रम बढेको छ । वर्षेनी बाजुरामा विभिन्न प्रकोप र रोगले पशु चौपाया मर्ने गरेपछी किसानको मर्का बुझेर पशु बिमाको कार्यक्रम ल्याईएको हो । बाजुरामा नेपाल सरकारले पशु विमा कार्यक्रम लागु गरेपछि बाजुराका पशु कृषकहरुले विमा गर्न थालेको बताईएको छ । जिल्लामा पछिल्लो समय पशु बिमा गर्नेको सख्यांमा बृद्धी भएको पशु विमा कार्यक्रमकी सहायक अधिकृत्त जापाना कुमारी शाही (सिंह) ले बताएकी छन ।
बाजुरा जिल्लामा ०७४ मंसिरबाट पशु विमा कार्यक्रम संचालनामा आएको शाहीले बताईन । विमा कार्यक्रम लागु भएको एक वर्षमा ३ हजार ५ सय ओटा बाख्रा फारम, १ हजार ८ सय भैशी, ४ सय गोरु ४ सय १५ गाई, १९ ओटा बङगुर फारम, १ हजार ५ सय खच्चड, ३ ओटा कुखुरा फारम गरी जम्मा ७ हजार ६ सय ३७ ओटा पशु फारम दर्ता भएका अधिकृत्त शाहीले बताएकी छन ।


विमाकर्ताको विमा गरेका पुश मरेमा ९० प्रतिशत, अपाङ्ग भएको ५० प्रतिशत, थुनेलो भएको ३० प्रतिशत सम्म क्षेति पूर्ती नेपाल सरकारले दिदै आएको बिमा कम्पनीले बताएको छ । विमाले पशु मात्र नभएर पसल व्यवसाय, घर, गाडी लगाएतका फर्महरु पनि दर्ता गर्दै आएको बताएको छ । जसमा ५५ जनाले पसल समेत दर्ता गरेको शाहीले बताईन् । बाजुरा जिल्लाभरी दश जना विमा कर्ता रहेका छन् ।
त्यस्तै बुढिगंगा नगरपालिका ७ का तपेश रावलले बंगुरको विमा गरेको र बंगुर मरेपछि ४० हजार राहत पाएको तपेश रावलले बताए । विमा कार्यक्रम लागु भएको यो फागुनमा एक वर्ष भयो । ४५ जना कृषकले राहत पाएको सहायक अधिकृत्त जापाना शाही सिंहले जाकारी दिईन ।
बाजुरामा धेरैले पशु पाल्ने गरेका छन्, तर विमा गर्नु पर्छ भन्ने नै जानकारी भएको नभएको जिल्ला पशु सेवा कार्यालय बाजुराले बताएको छ । बाजुरा जिल्लामा धेरै कृषकहरु भेडापलक रहे पनी जनचेतना प्रचार प्रशारको कमीले गर्दा बिमा गराउने संख्यामा कमी भएको बताएको छ । प्रचार प्रशारका कमीले जिल्लामा विमा गराउनेको सख्यामा कमी भएको बिमा कम्पनीका अधिकृत शाहीले बताईन । जिल्लाको गौमूल, हिमाली स्वामीकार्तिक, जगन्नाथ, गाउपालिका र बडिमालिका, बुढिनन्दा नगरपालिकाका लेकाली क्षेत्र तिरका कृषकले बढी भेडा, बाख्रा पाल्ने गरेका छन् तर ती कृषकहरुलाई विमाको बारेमा जानकारी नपाउदा समस्या भएको बताएको छ ।
गएको माघ ९ गते बुढिनन्दा नगरपालिका ४ का दिपक धामी र राजेन्द्र रोकायाले सामूहीक पालेका भेडा चट्याङ लागेर ५२ भेडा मरे विमा नहुदा दिपक र राजेन्द्रको पेशा धरापमा परेको छ । पहिले देखीनै भेडा पाल्दै आएको थियौ पहलिा विमाको बारेमा कुनै जानकारी नै नभएकोले आफूहरुले पनि विमा बारे कही जानकारी नलिएको बताए । दिपक र राजेन्द्र एक पात्र मात्र हुन बाजुरा जिल्लाका दुर्गम ठाउका कृषकहरु यस्तो समस्या सधै झेल्दै आएका छन् । बाजुरामा यूनाईटेड इन्सुरेन्स कम्पनीले पशु विमा बाजुरामा जिम्मा लिएर काम गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार