शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • बञ्चरो प्रहार गरी भतिजाले गरे काकाको हत्या

बञ्चरो प्रहार गरी भतिजाले गरे काकाको हत्या

  • बिहिबार, फाल्गुन २३, २०७५
बञ्चरो प्रहार गरी भतिजाले गरे काकाको हत्या

कञ्चनपुर,फागुन २३ । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै काकाको हत्या गरेका छन् । भीमदत्त नगरपालिका– १३ बडैपुरका ४६ वर्षीय सिबी लुहारले आफ्नै काका ६१ वर्षीय गोरे लुहारको हत्या गरेका हुन् ।

फागुन २० गते राति महाशिवरात्रीको दिन मदिरा र नशालु पदार्थ सेवन गरेका सिबीले जमिनको विषयलाई लिएर काकाको टाउकोमा भागमा बन्चरो प्रहार गरेका थिए। बन्चरो प्रहारबाट गम्भीर घाइते भएका गोरेको भारतको बरेलीमा उपचारका क्रममा मंगलबार बेलुकी मृत्यु भएको हो ।

जमिनको विवादलाई लिएर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बन्चरो प्रहार गरेलगत्तै उपचारका लागि महाकाली अञ्चल अस्पताल पु¥याइएको थियो । अस्पतालले थप उपचारका लागि भारत रिफर गरेको थियो । भारतमा समेत सुरुमा खटिमा लगिएको र त्यहाँ समेत उपचार सम्भव नभएपछि बरेली पु¥याइएको थियो । टाउँकोमा गम्भीर चोट लागेका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । बन्चरो प्रहार गर्नेलाई प्रहरीले घट्नाकै दिन पक्राउ गरिसकेको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता कृष्णराज ओझाले बन्चरो प्रहार गर्ने सिवी प्रहरी नियन्त्रणमा रहेको र अदालतबाट म्याद थपेर घटनाको सम्बन्धनमा थप अनुसन्धान भइरहेको उनले बताएका छन् ।

अनमाेल खबरबाट

चर्चामा

सम्बन्धित समाचार