बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अपराधी शून्य भएपछि देशभरका जेल बन्द गरिँदै

अपराधी शून्य भएपछि देशभरका जेल बन्द गरिँदै

  • बुधबार, फाल्गुन २२, २०७५
अपराधी शून्य भएपछि देशभरका जेल बन्द गरिँदै

यो दुनियाका सबैजसो ठाउँमा अपराधका घटनामा तीव्र रुपमा बढोत्तरी भैरहेको छ । कतिपय देशमा त अपराध यतिधेरै बढेको छ कि अपराधीको संख्या बढी हुँदा जेलमा समेत ठाउँ भरिएको छ । तर, युरोपमा एउटा यस्तो देश छ जहाँ एकजना पनि कैदी छैनन् ।

देशमा एकजना पनि कैदी नभएपछि त्यो देशमा भएका सबै जेल बन्द गर्ने निर्णय गरिएको छ ।

युरोपेली मुलुक नेदरल्याण्डको समाचार हो यो । नेदरल्याण्डमा अपराधको मात्रा यति कम भएको छ कि त्यहाँ कैदीको संख्या शून्य भएको छ । जसका कारण त्यहाा जेल बन्द गरिएको छ । जेल बन्द भएका कारण जेलमा जागिर गर्ने झण्डै २ हजार कर्मचारीको जागिर खतरामा परेको छ ।

नेदरल्याण्डको जनसंख्या १ करोड ७१ लाख ३२ हजार छ । तर यतिधेरै जनसंख्या भएको देशमा अपराध गरेर जेलमा कोच्नुपर्ने मानिस कोही पनि देखिएका छैनन् ।

सन् २०१३ मा नेदरल्याण्डमा जम्मा १९ जना कैदी थिए । ती कैदीहरुले जेल सजाय भुक्तान गरेसँगै सन् २०१८ मा त्यहाँ कैदीको संख्या शून्य भयो । त्यसयता नेदरल्याण्डका सबै जेल सुनसान थिए । अन्ततः भुतबंगला बनेका ती खाली जेललाई बन्द गर्ने निर्णय भएको हो ।

स्मरण रहोस् नेदरल्याण्ड विश्वको सबैभन्दा सुरक्षित देशमध्येको एक हो । जेल बन्द भएसँगै जागिर गुमाउने खतरामा पुगेका २ हजार जनामध्ये ७ सय जनालाई अन्य कार्यालयमा सरुवा गरिएको छ । अन्य १३ सय मानिसका लागि मिल्दो कार्यालय छनोट गर्ने क्रम चलिरहेको बताइएको छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार