• होमपेज
  • देश/प्रदेश
  • रेशम चौधरीको सांसद पद खारेज हुने

रेशम चौधरीको सांसद पद खारेज हुने

  • बुधबार, फाल्गुन २२, २०७५
रेशम चौधरीको सांसद पद खारेज हुने

टीकापुर घटनामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद खारेज भएको हो । नैतिक पतन देखिने फौजदारी कसूर प्रमाणित भएकोले सांसद पद स्वतः खारेज हुने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था रहेको छ ।

पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । फरार रहेकै अवस्थामा चुनाव लडेर चौधरी कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरी सहित ५८ जनालाई विपक्षी बनाइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार