मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • किशोर किशोरीलाई जिबनोपयोगी तालिम सम्पन्न

किशोर किशोरीलाई जिबनोपयोगी तालिम सम्पन्न

  • बुधबार, फाल्गुन २२, २०७५
किशोर किशोरीलाई जिबनोपयोगी तालिम सम्पन्न

बडिमालिका खबर
फागुन २२ मार्तडी
बडिमालिका नगरपालिका ८ मा किशोर किशोरिलाई जिबनोपयोगी सीप सम्बन्धि तालीम सम्पन्न गरिएको छ । बडिमालिका नगरपालिकाको आयोजनामा महिला सँग उपमेयर कार्यक्रम अन्तर्गते तालिम सम्पन्न गरिएको साहयक महिला विकास निरक्षक बिन्दु बडालले वताएकी छन् । तालिममा वडा नम्बर ८ का किशोर किशोरी सहभागि रहेका थिए ।
तिन दिन सम्म सञ्चालन भएको तालिममा २५ जना सहभागिता रहेका थिए । १२ जना किशोर र १३ जना किशोरी रहेको तालिमको सहजिकरण साहयक महिला विकास निरिक्षक बिन्दु बडाल र बडिमालिका नगरपालिका कर्मचारी बिर बहादुर बिष्टले गरेका थिए । तालिममा किशोर किशोरीहरुमा जीवन मा आइपर्ने समस्याका बारेमा जानकारीका गराईएको थियो । आइपर्ने समस्याहरु समाधान गर्ने उपाय र जीवन लाई सकारात्मक बाटो लैजान प्रयोग गर्ने सीप को जानकारी गराईएको प्रशिक्षक बिन्दु बडालले वताएकि छन् । त्यो सँगै समाजमा बिभिन्न खाले कुरित हिशां न्युनिकरणका बारेमा जानकारी गराईएको थियो । किशोर किशोरीलाइ अहिले यस्तो तालिम दिदाँ भोलीको समाज पनि समुद्धि हुनमा सहयोग पुग्ने बडालले वताएकि छन् ।
तालिममा सहभागि बिमला रावलले भनिन्, तिन दिन सम्म सञ्चालन भएको तालिम निकै फलदायि भएको वताईन् । तालिममा किशोर किशोरीमा आईपर्ने समस्याका बारेमा जानकारी सँगै समाधाना उपाय सिकेको वताईन् । अर्की सहभागि दुर्गा अयडिले भनिन्, जिवनलाई सकारात्मक बाटोमा लैजाने उपायको बारेमा जानकारी पाएको वताईन् । साथै यो तालिममले नेतृत्व विकासमा समेत सहयोग पुगेको उनले वताईन् । त्यो सँगै समाजमा हुने बिकृति रुढिवादी र हिशां न्युनिकरण कसरी गर्ने भन्ने जानकारी पाएको दुर्गाले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार