शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • टीकापुर घटना मुद्दाको फैसला आज

टीकापुर घटना मुद्दाको फैसला आज

  • बुधबार, फाल्गुन २२, २०७५
टीकापुर घटना मुद्दाको फैसला आज

परस्पर विरोधी थरुहट र थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा घटेको टीकापुर घटना मुद्दामा बहस मंगलबार सकिएको छ ।
झण्डै ४२ महिनापछि बुधवारदेखि तोकिएको पेशी अन्तर्गत बहस सकिएको हो । आज बुधबार घटनाको फैसला हुने जिल्ला अदालत कैलालीका प्रवक्ता नर बहादुर नेगीले बताए । बहसमा वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्मा लगायतले बहस गरेका थिए । प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम उपाध्याय, मिलन राई र गजेन्द्र केसी, नाथुराम महतो, दिनमणि पोखरेल, जोहारीलाल चौधरी लगायत बहस गरेका थिए ।
२०७२ भदौ ७ गते थरुहट आन्दोलनकारीह सरकारी कार्यालयमा ‘थरुहट प्रदेश’ भित्ते लेखनको लागि टीकापुरमा भेला भएका थिए । यसैबीच भित्ते लेखनमा प्रहरीबाट अवरोध भएपछि उत्तेजित आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।
घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको छ । ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरीसहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् भने बाँकी फरार छन् ।

चर्चामा

सम्बन्धित समाचार