शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बाजुरा बिशेष
  • चट्याङ्गबाट आगलागी हुँदा एक लाख बराबरको क्षती,एक घाइते

चट्याङ्गबाट आगलागी हुँदा एक लाख बराबरको क्षती,एक घाइते

  • मङ्लबार, फाल्गुन २१, २०७५
चट्याङ्गबाट आगलागी हुँदा एक लाख बराबरको क्षती,एक घाइते

बडीमालिका समाचार
बाजुराको त्रिवेणी नगरपालिका–८ झालगाउँमा सोमबार राति चट्याङ्गको आगलागी हुदाँ डेढलाख बराबरको क्षती भएको छ ।
चट्याङ्ग लागेर सोही वडाकी २२ वर्षीया सुमित्रा नाथ गम्भीर घाइते भएको. त्रिवेणी नगरपालिका ७ का वडा अध्यक्ष तथा नगर प्रवक्ता प्रेम बहादुर थापाले बताएका छन् ।
थापाले दिएको जानकारी अनुसार नाथको शरिरमा चट्याङ्गको झिल्कोले पोलिएर घाउ भएको र सोमबार राती नै अछामको बयालपाटा अस्पतालमा उपचार गर्न लगिएको बताएका छन् । घाईतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।
चट्याङ्गका कारणले सोही वडाका २६ वर्षीया बुद्धी नाथ,९ वर्षीया बालिका रमिला नाथ र हिमाल गिरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । गिरी र बालिका नाथका कपालका रौं पोलिएर कपाल खाली भएको बताइएको छ । घरमा राखिएका ओढ्ने ओछ्याउने र लगाउने लुगा कपडा जलेको प्रहरीले बताएको छ ।
यस्तै खप्तड छेडेदह गाउँपालिका–६ मैतोलामा पनि चट्याङ्ग लागेर एकै घरका तिन जना घाइते भएको प्रहरी कायार्लय बाजुराले बताएको छ । घाइते हुनेमा सोही वडाकी २९ वर्षीया उजली नाथ रहेकी छन् ।
यसै गरी घाइते हुनेमा २१ वर्षीया संजय नाथ र उनकी श्रीमती निर्मला नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी प्रमुख गुरुले बताएका छन् । घाइते तिनै जनालाई जिल्ला अस्पता बाजुरा सोमबार राति नै ल्याइएको हो । उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाई रहेको छ ।
त्रिवेणी नगरपालिका–८ झालगाउँमा भएको घटनाको क्षतीका बारेमा प्रहरी चौकी मौरेबाट टोली उक्त क्षेत्रमा गएको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार