शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • देशको रक्षाका लागि घर–घरमा छिरेर मार्ने छुः मोदी

देशको रक्षाका लागि घर–घरमा छिरेर मार्ने छुः मोदी

  • मङ्लबार, फाल्गुन २१, २०७५
देशको रक्षाका लागि घर–घरमा छिरेर मार्ने छुः मोदी

२१ फागुन, भारत । भारतिय प्रधान मन्त्री नरेन्द्र माेदीले देशकाे रक्षाकालागि आफु घरघरमा छिरेर मार्ने चेतावनी दिएका छन् । दुई दिने गुजरात भ्रमणमा रहेका मोदीले अहमदाबादमा एक –यालीलाई सम्बोधन गर्दा विपक्षी पार्टी र पाकिस्तानमाथि तिखो हमला गरेका हुन् ।

सोमबारको सम्बोधनमा भारतका केही नेता जो बयानबाजी गर्छन् त्यो पाकिस्तानको पत्रिकामा हेडलाइन बन्ने गरेकाे छ, यो देशको लागि दुर्भाग्य भएकाे माेदीले बताएका छन् । आफु अब लामो प्रतिक्षा गर्न नसक्ने र छानी–छानी हिसाब लिनु आफ्नाे विशेषता भएकाे बताएका छन् ।

विगत ४० वर्षदेखि आतंकवादले हिन्दुस्तानको छातीमा गोली हानिरहेको छ तर भोट बैंकको राजनीतिमा डुबेका मानिसहरु केही ठोस् कदम उठाउन डराउँछन्, भन्दै माेदीले भने, मलाई सत्ताको मतलब छैन, मलाई मेरो देशको चिन्ता छ । मेरो देशका मानिसहरुको सुरक्षाको पर्वाह छ । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार