शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • सशस्त्रमा देउवाकै दबदबा, ज्वाईलाई मापदण्ड मिच्दै एसपी बढुवा गर्दै

सशस्त्रमा देउवाकै दबदबा, ज्वाईलाई मापदण्ड मिच्दै एसपी बढुवा गर्दै

  • मङ्लबार, फाल्गुन २१, २०७५
सशस्त्रमा देउवाकै दबदबा, ज्वाईलाई मापदण्ड मिच्दै एसपी बढुवा गर्दै

काठमाडौं, २१ फागुन । सशस्त्र प्रहरी बलमा शसस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) बाट सशस्त्र प्रहरी उपरिक्षक (एसपी) बढुवाका लागि शक्तिकेन्द्रको आडमा चलखेल सुरु भएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकले फागुन १ गते डिएसपी बाट एसपी बढुवाका लागि सूचना प्रकाशन गरेको थियो । सूचना प्रकाशन भएसँगै कार्यक्षमता र दक्षता कमजोर भएका डीएसपीहरुलाई शक्तिकेन्द्रको आडमा बढुवा गर्न लागिएको बताइएको छ ।

सशस्त्र प्रहरी नियमावली अनुसार ‘अनुसूची–१३’ अन्तर्गतको फारममा आफ्नो योग्यता लगायत आफूले गरेको विशेष कामको विवरण बुझाउनुपर्छ । त्यसपछि बढुवा समितीले सिफारिस सूची प्रकाशन गर्ने कानुनी ब्यवस्था रहेको छ ।

सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र कुँवरलाई कांग्रेस नेतृ आरजु राणा (देउवा)ले बढुवा गर्न दबाब दिएको पाइएको छ । दीपेन्द्र कुँवर पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका ज्वाईं हुन् ।

सशस्त्र प्रहरी नियमावली–२०७२ मा गणपति तालिम वा स्टाफ कलेज पास गरेकालाई मात्र बढुवा गर्नुपर्ने प्रावधान रहेको भए पनि प्रतिस्पर्धाको हिसावले स्टाफ कलेज पास गर्नेलाई महत्व दिनुपर्ने हुन्छ । डीएसपी कुँवरले स्टाफ कलेज गरेका छैनन् ।
त्यस्तै, स्टाफ कलेज नगरेका अर्का डिएसपी शंकर खनाललाई सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले बढुवा उपहार दिन लागेका छन् । शंकर खनाल र सशस्त्र प्रहरी प्रमुखबीच पारिवारिक नाता रहेको छ ।

केही दिनमा प्रकाशित हुन लागेको सिफारिस सूचीमा ३७ जना डिएसपीहरु एसपी बढुवाका लागि सिफारिस हुँदैछन् । १ सय जना प्रतिस्पर्धीमध्ये सिसम–२ का ३१ जनाले स्टाफ कलेज पास गरेका छन् ।

आरजु देउवालको दबाबमा एसपी बढुवा हुन लागेका कुँवर कञ्चनपुरको गड्डाचौकी र रसुवाको गुल्ममा गुल्मपति भइसकेका छन् ।

दोहो¥याएर गुल्मपति दिने चलन नभए पनि शक्तिकेन्द्रकै आडमा पटक–पटक आकर्षक पोष्टिङ हत्याउन सफल भएका कुँवरले रसुवा गुल्मको प्रमुख हुँदा आधा समय काठमाडौंमै बसेर बिताएका थिए ।

डडेल्धुराका कुँवर हाल मानवस्रोत विकास विभागमा कार्यरत रहे पनि उनलाई सशस्त्र प्रहरी प्रमुख खनालले कार्यालय नै नजाने छुट दिएका थिए । त्यसो त उनलाई आइजीपी खनालले दोहो¥याएर शान्ति मिसनमा पनि पठाएका छन् । शान्ति मिसनका लागि छनोट गर्दा मेरिटका आधारमा गर्नुपर्ने हुन्छ । तर २ देखि १ सयसम्मका मेरिटलाई नपठाई १ सय २ नम्बरका कुँवरलाई सुडानको अबे मिसनमा केही महिनााअघि पठाएका हुन्, आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

शान्ति मिसनमा एकपटक नगएकालाई प्राथमिकता दिनुपर्नेमा देउवाको चाकरी गर्न उनले मापदण्ड नै मिचेर दोस्रो पटक पठाएका हुन् । दोस्रो पटक पठाउने क्रममा आइजीपी खनालले सुडानका मिसन कमाण्डर सेनाका कर्णेलबाट कुँवरलाई पठाउँदा हुने खालको पत्र पनि मगाएर आलोचना गर्नेको आँखामा छारो हाल्ने काम गरेका थिए ।

नयाँ पेजबाट

चर्चामा

सम्बन्धित समाचार