शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • केन्यामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

केन्यामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

  • सोमवार, फाल्गुन २०, २०७५
केन्यामा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

२० फागुन, केन्याम ।  केन्याको उत्तरपश्चिममा हेलिकप्टर दुर्घटना हुँदा चार जना अमेरिकी पर्यटक र एक जना केन्याली पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले स्थानीय समय अनुसार आइतबार बिहान करिब ८ बजे उक्त हेलिकप्टर लेक टुर्कानामा दुर्घटनाग्रस्त भएको बताएको छ । हेलिकप्टरमा सवार सबैको मृत्यु भएको हो । दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन । टुर्कानालाई गत वर्ष युनेस्कोले विश्व सम्पदा सूचीमा सूचीकृत गरेको थियो ।एजेन्सी

चर्चामा

सम्बन्धित समाचार