शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • कागजमा बनाए निति तर आफैले कार्यन्वयन गरेनन्

कागजमा बनाए निति तर आफैले कार्यन्वयन गरेनन्

  • आइतवार, फाल्गुन १९, २०७५
कागजमा बनाए निति तर आफैले कार्यन्वयन गरेनन्

प्रकाश सिंह/लक्ष्मीराज पाध्याय
फागुन, १९ बाजुरा
बडीमालिका नगरपालिकाले आर्थिक ०७४/७५ मा “आँफु जहाँ आफ्ना त्यहाँ” निति पास गर्यो । स्थानिय तहको चुनाव बाट बिजयी भएपछि बडीमालिका नगरपालिकाका जनप्रतिनिधिहरुले ०७४ भदौमा लोकप्रिय नितिको निर्णय गरे, तर आफैले कार्यान्वयन नै गरेका छैनन् ।
कार्यपालिकाको सभामा सबै सदस्यहरुले नितिमा हस्ताक्षर गरेका थिए । निति बनाउँदा तत्कालै निजि बिद्यालयमा छोराछोरी पठनपाठन गर्ने जनप्रतिनिधि र सरकारी कर्मचारीहरुले अनिवार्य सरकारी बिद्यालयमा भर्ना गर्नु पर्ने निर्णय भएको नगर प्रमुख पदम बढुवाल बताउँछन् । “निर्णय गर्यौ हस्ताक्षर पनि सबै कार्यपालिका सदस्यले पनि गरे तर निति लिएको १ बर्ष बढि भइसक्दा पनि धेरै जनप्रतिनिधिले अटेर गरेको बढुवाल वताँउछन्” ।
बडिमालिका खबर डटकमले गरेको अध्ययनमा नितिमा हस्ताक्षर गरेर कार्यान्वयन नगर्ने नगरपालिकाकै उप–प्रमुख कबिता बिष्ट सहित वडा अध्यक्ष र कार्यपालिका सदस्य रहेका छन् । नगर उपप्रमुख कबिता बिष्टका छोरा मार्तडीमा रहेको बडिमालिका बोडिङ्गमा पढ्ने गरेका छन् । त्यस्तै वडा अध्यक्ष डम्मर बहादुर महत, सुरेन्द्र नाथ, बल बहादुर थापा, धर्मराज पाध्याय, बिनोद कुमार बिकका छोरा–छोरी पनि निजि बिद्यालयमा पढने गरेका छन् । त्यस्तै कार्यपालिका सदस्य जयन्ती हमाल र जित नेपालीले पनि छोरा छोरीलाई निजि बिद्यालयमा नै पढाउने गरेका छन् ।
निति बनाउने आफै कार्यन्वयन किन नगरेको भन्दा नगर उपप्रमुख कबिता बिष्ट भन्छन्, सरकारी बिद्यालयको संरचना र पुर्ण जनशक्ति अभाबले निति कार्यन्वयन हुन नसकेको जवाफ दिईन् । आफुले बालमन्दिर आधारभुत बिद्यालयमा भर्ना गरेको हो, तर बच्चाहरुले यहाँ खेलमैदान छैन्, पुर्वाधार छैन् भनेर नमान्दा बाध्य भएर निजि बिद्यालय पठाएको बताँउछन् । उसोत उनका श्रीमान बिपिन बिष्ट त्यहि सरकारी बिद्यालयका शिक्षक समेत हुन् । बच्चाहरुको पनि अधिकार हो उनीहरु पढ्दैन भनेपछि मात्र निजिमा पठाएको तर्क उपप्रमुख गर्छन् ।
वडा नम्बर ९ का वडा अध्यक्ष बिनोद कुमार बिक भन्छन्, कस्का छोरा छोरी कहाँ पढछन्, के मतलब ? कार्यन्वयन किन नभएको प्रमुख र उपप्रमुखलाई सोध्नु भनेर टारेका छन् । वडा नम्बर ८ का अध्यक्ष प्रकाश रावल भन्छन्, गरिबका छोरा छोरी पढने बिद्यालयमा गुणस्तर सुधार होस र निति नियम बनाउनेका छोरा छोरी त्यहि सरकारी बिद्यालयमा पढ्दा ध्यान जान्छ भनेर निर्णय गरेको वताउँछन् । कार्यन्वयन किन भनएको जवाफमा वडा अध्यक्ष रावलले भने आफुमा बिश्वास नभएर किन निर्णय गर्ने आफै अन्योलमा छन्, अनि कसरी कार्यान्वयन हुन्छ । संघिय सरकार भन्दा पहिला आफुहरुले निर्णय गरेको रावलले थपे ।
नगर प्रमुख पदम बढुवालले भने निर्णय गर्ने बित्तिकै केही शिक्षकले निति मानेर सरकारी बिद्यालयमा छोराछोरी भर्ना गरेको बताए । तर उपप्रमुख र कार्यपालिका सदस्यले हस्ताक्षर गरे तर उहाँहरुले नै कार्यन्वयन नगर्दा समस्या आएको वताए । उहाँहरुको अटेरले गर्दा नै मुख्य चुनौती रहेको प्रमुखले बताए ।
निर्णय गर्नेले त कार्यन्वयन गरेका छैनन्, कर्मचारी गर्ने त कुरै भएन्, एक कर्मचारीले बडिमालिका खबर सँग भने । सबैले गरेपछि आफु पनि बाध्य भएर कार्यन्वय गरीहाल्थ्यौ । बडिमालिका नगरपालिका कार्यरत ललिता थापा, मनीराम खत्री, शंकर सिंह, बिन्दु बडाल, शोभा शाही, गोरख बहादुर थापा, उमेश बढुवाल, देबकी कार्की, टेक बहादुर खड्का, अगत महतका छोरा छोरी पनि निजि बिद्यालयमा पढने गरेका छन् ।
निति निर्माताहरुको निजि बिद्यालयप्रतिको मोहका कारण सरकारी बिद्यालयहरु धरपमा पर्दै गएका छन ।

चर्चामा

सम्बन्धित समाचार