बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रवास
  • सुपका बिभिन्न जिल्लामा पाठेघर खस्ने राेगकाे निशुल्क स्वास्थ्य शिबिर

सुपका बिभिन्न जिल्लामा पाठेघर खस्ने राेगकाे निशुल्क स्वास्थ्य शिबिर

  • शनिबार, फाल्गुन १८, २०७५
सुपका बिभिन्न जिल्लामा  पाठेघर खस्ने राेगकाे निशुल्क स्वास्थ्य शिबिर

बडीमालिका समाचार
सुदुर पश्चिमका बिभिन्न जिल्लामा स्वास्थ्य शिबिरको आयोजना गरिने भएको छ । विस्वका बिभिन्न देशमा छरियर रहेका सुदुरपस्चिमेली नेपालि समाजले सो कार्यक्रमको आयोजना गर्ने भएको हो । सुदुर पस्चिमेली नेपाली समाजको छाता संगठन सुदुरपस्चिमेली नेपालि समाज अन्तरास्ट्रीय समितिले सुदुरपस्चिम प्रदेश का ९ वटा जिल्लामा पाठेघर खस्ने रोगका लागी निशुल्क शिबिरको आयोजना गर्ने बताएको छ ।
महिला हरुमा ग्रसित आङ्ग खस्ने (पाठेघर) को समस्या लाइ मध्यनजर गरेर महिला जनचेतना फैलाउने, घर परिवार आफन्त बाट टाढा रहेका प्रबासी युबाहरुको सक्रियतामा सो शिबिरको आयोजना गर्न लागीएको सुदुरपस्चिमेली नेपालि समाज मलेसिया कोसाध्यक्ष डम्बर बिश्वकर्माले बताएका छन ।
निशुल्क स्वास्थ्य शिबिर फागुन २६ र २७ गते डोटीको शिखर नगरपालिका, फागुन २९ र ३० बाजुराको बुढीगंगा नगरपालिका, चैत २ गते डडेलधुराको भागेशवर गाउँपालिका र चैत ३ गते अजयमेरु गाउँपालिकामा शिबिरको आयोजना गर्ने बताएको छ ।
मायामेट्रो हस्पिटल प्रा लिको प्राबिधिक सहयोग तथा सुदुरपस्चिमेली नेपालि समाजको आयोजनामा हुने सो कार्यक्रमको सबै तयारी पुरा भईसकेको बताएको छ । मायामेट्रो हस्पिटल प्रालिका बरिष्ठ गाइनोलिजिस्ट सहितको टोलि तयारी भईसकेको सुदुरपस्चिमेली नेपालि समाज मलेसियाका कोशाध्यक्ष डम्बर बिश्वकर्माले बताएका छन् ।
सुदुरपस्चिमेली नेपालि समाज (भारत ,मलेसिया ,मकाउ ,कतार ,युएइ ,बहराइन, कुबेत, इजरायल ,जापान ,कोरिया ,अस्ट्रेलिया ,डेनमार्क ,अमेरिका ,क्यानाडा ,अफ्रीका ) हरुको संयुक्त प्रयासमा हुन् गैरहेको उनले बताएका छन । सुदुरपस्चिमेली समाजको यो प्रयास प्रवासीहरुको पहिलो रहेको बाजुराका नागरिक समाजका अगुवाहरुले बताएका छन । प्रवासी नेपाली त्यसैमा सुदुरपश्चिम गरिवीको चपेटामा परेका नेपालीहरुले गर्ने यो कार्य असाध्यै राम्रो र स्वागत योग्य भएको बाजुराबासीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार