शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • रवीन्द्रसँगको ३० वर्षे मित्रतालाई यसरी सम्झिए योगेशले (भिडियोमा)

रवीन्द्रसँगको ३० वर्षे मित्रतालाई यसरी सम्झिए योगेशले (भिडियोमा)

  • शुक्रबार, फाल्गुन १७, २०७५
रवीन्द्रसँगको ३० वर्षे मित्रतालाई यसरी सम्झिए योगेशले (भिडियोमा)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाबाट देशले आशालाग्दो युवा नेता गुमाएको बताएका छन् ।

उनले दुर्घटनामा ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई आफ्नो अत्यन्तै घनिष्ट मित्र भएको बताए । अहिलेको पुस्ताको भरोसायोग्य राजनीतिक नेताका रुपमा चित्रण गर्दै योगेशले आफ्नो ३० वर्षे मित्रतालाई स्मरण गरेका छन् ।

भट्टराईका अनुसार पृथ्वीनारायण क्याम्पस पोखराको मुखपत्र “माछापुछ्रे” को प्रकाशनको तयारीका शिलशिलामा २०४५ सालमा कीर्तिपुर छात्रावासमा रवीन्द्र अधिकारी भट्टराईको कोठामा बसेका थिए । दुवै जनाको त्यहीबाट चिनजान भएको थियो ।

त्यहाँदेखि आजसम्म तिन दशक लामो सहयात्रामा रवीन्द्रलाई अत्यन्तै सहृदयी मित्र, सरल स्वाभावका, जनप्रिय कार्यशैली, सकरात्मक सोच, देशभक्तिपूर्ण भावना, विकासप्रेमी, दुरदृष्टी र बहुआयामीक सम्भावना अन्तरनिहित रहेका बताए । आखिर उनको ३० वर्षे मित्रताको क्रममा के के भयो ? हेर्नुहोस तलको भिडियोमाः

केन्द्रबिन्दु अनलाइनबाट

चर्चामा

सम्बन्धित समाचार