शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खेलकुद
  • सीबाईसी अत्तरियाले जित्यो डीपीएल क्रिकेटको उपाधि

सीबाईसी अत्तरियाले जित्यो डीपीएल क्रिकेटको उपाधि

  • शनिबार, फाल्गुन ११, २०७५
सीबाईसी अत्तरियाले जित्यो डीपीएल क्रिकेटको उपाधि

११ फागुन, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सीबाईसी अत्तरियाले जितेको छ ।

शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधिसँगै ३० लाख हात पारेको छ ।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२३ रनको लक्ष्य अत्तरियाले मात्र एक बल बाँकी छँदा ७ विकेट गुमाएर भेट्टयो ।
एक समय ५४ रन जोड्दा ५ विकेट गुमाएको अत्तरियाको पारी सन्नी पट्टेलले कप्तान दीपेन्द्र सिंह ऐरीसँग मिलेर सम्हाले । दुबैले छैटौं विकेटका लागि ३८ रनको साझेदारी गरे । ऐरी व्यक्तिगत १७ रनमा आउट भए ।

तर, पट्टेलले आक्रामक पारी खेल्दै अत्तरियालाई उपाधि दिलाएका छन् । २६ बल सामना गरेका उनले तीन चौको र तीन छक्काको मदतमा नटआउट ४७ रन बनाए । उनी प्लेयर अफ दि म्याच र प्लेयर अफ दि सिरिज दुबै बनेका छन् ।

यसअघि पहिले ब्याटिङ गरेको महेन्द्रनगरले दिलिप नाथको ४३ रनको मदतमा २० ओभरमा सबै विकेट गुमाएर १२३ रन बनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार