बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • खेलकुद
  • बधाई ! युएईमाथि नेपालको सानदार जित

बधाई ! युएईमाथि नेपालको सानदार जित

  • शुक्रबार, फाल्गुन १०, २०७५
बधाई ! युएईमाथि नेपालको सानदार जित

आईसीसी महिला विश्वकप छनोटको एसिया क्षेत्र प्रतियोगिता अन्तर्गत तेस्रो खेलमा नेपालले सानदार जित हासिल गरेको छ । तेस्रो र महत्वपूर्ण खेलमा नेपाल युएईसंग ७ विकेटले बिजयी भएको छ ।

थाईल्यान्डको तेथई क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको यूएईले १७.३ ओभरका सबै विकेट गुमाएर ४१ रनको सामान्य स्कोर्मै समेटिएको थियो । ४२ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.२ ओभरमा ३ विकेट गुमाउदै युएइमथि जित दर्ता गरेको हो ।

यूएईलाई सस्तैमा रोक्न नेरी थापाले ३.३ ओभरमा १ मेडन सहित ६ रन खर्चेर४ विकेट लिइन् । सिता राना मगरले ४ ओभरमा १ मेडन सहित ७ रन खर्चेर २ विकेट लिइन् । त्यस्तै सानु खड्का र कविता कुवँरले पनि समान दुई दुई विकेट लिए । पहिलो खेलमा मलेसियालाई ७ विकेटले पराजित गरेको नेपाल दोस्रो खेलमा थाईल्यान्डसँग ५७ रनले पराजित गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार