बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रवास
  • दिल्लीमा प्रवासी नेपाली संघ विस्तार

दिल्लीमा प्रवासी नेपाली संघ विस्तार

  • बुधबार, फाल्गुन ८, २०७५
दिल्लीमा प्रवासी नेपाली संघ विस्तार

बडीमालिका सम्बादाता
प्रबासमा बसोबास गर्दै आएका नेपालीहरुले दिल्ली प्रबासी सघं बिस्तार गरेका छन । एकताको सूत्रमा बाँधी प्रवासी नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनीहरुको दुख पिडालाई आत्मसात गर्दै बिभिन्न किसिमका सामाजिक काम गर्ने उद्देश्यले सघंको गठन गरिएको हो । यही फेव्रवरी १७ गते समाजसेवी सकृय महिला सिता देवी थापाको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय प्रवासी नेपाली सँघ गठन गरेको सघले बताएको छ । जसमा अध्यक्ष मा अनिल बुढा उपाध्यक्ष मनिराज रेग्मी सचिव कुशल सेराला सह सचिव भुवन सेराला कोषाध्यक्ष दिनेस नेपाली लगायत अन्य सदस्यहरु बल ब थापा,सेते नेपाली, अमर साउद, खडक सेराला, मिन सेराला, सँकर सेराला, जगत बुढा, धर्म नेपाली, सेर ब साउद, रुप सेराला, यसै गरि भोज ब थापाको संयोजकत्वमा बाजुरा दिल्ली सम्पर्क समितिमा ६ सदस्यीय समिति चयन गरेको छ जसमा सँयोजक भोज बहादुर थापा लगायत अन्य सदस्यमा चन्द्र बानियाँ, रमेस सेराला, चन्द्र सेराला भिम ब साउँद मन साही रन साउद, चयन भएका छन् । सभामा अध्यक्ष बुढाले सँगठन चलाउनका लागि अध्यक्ष र सचिव को मात्र नभएर अन्य सदस्यको पनि उत्तिकै महत्वपूर्ण जिम्मेवारी रहेको र सबैले आ(आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताईन् । त्यस्तै बाजुरा दिल्ली सम्पर्क समितिका सँयोजक भोज ब थापाले आफ्नो तर्फबाट कुनै कमजोरी नराख्ने प्रतिबद्धता जनाएका छन् त्यस्तै बाजुरा दिल्ली सम्पर्क समितिका सदस्य चन्द्र सेरालाले आफु यो समितिलाई तिब्र गतिमा लिनका लागि आफु जस्तो सुकै परिस्थितिमा पनि पछि नहट्ने बताएका छन्।भेलामा करिब ५० जनाको सहभागिता रहेको थियो। समितिले गर्ने काम कारवाही को बारेमा आगामी बैठकमा तय गर्ने भएको छ भनी सचिव कुशल सेरालाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार