शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नागरिकको सहायताका लागि एलईडि टिभि जडान

नागरिकको सहायताका लागि एलईडि टिभि जडान

  • बुधबार, फाल्गुन ८, २०७५
नागरिकको सहायताका लागि एलईडि टिभि जडान

बाजुरा

जिल्ला प्रहरी कार्यालय बाजुराले कार्यालयको नागरिक सहायता कक्षमा ५५ ईन्चको एलईडि टिभि जडान गरेको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अनन्तरगत जिल्ला प्रहरी कार्यालय बाजुराले कार्यालय परिसर भित्र रहको नागरिक सहायता कक्षमा एलईडि टिभि जडान गरेको हो ।
जिल्लाका आम नागरिकहरूलाई नेपाल प्रहरीका गतिविधिहरू प्रभावकारी रुपमा सु–सूचित गर्ने उद्देश्यले नागरिक सहायता कक्षभित्र ५५ ईन्चको एलईडि टिभि जडान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धब सिंह भाटले बताएका छन् ।
प्रहरी नायब उपरीक्षक भाटले भने अव जिल्ला प्रहरी कार्यालयमा आउने सम्पूर्ण सेवाग्राहीहरूलाई एलईडि टिभि मार्फत प्रहरीका सेवा र गतिविधि बारे जानकारी पाउनेछन् ।
नागरिक सहायता कक्षमा जडान गरिएको एलईडि टिभि २४ सै घण्टा खुला गरिने जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । शान्तिपूर्ण र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यका साथ नेपाल प्रहरीले राष्ट्रव्यापी रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सञ्चालन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार