बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • स्वास्थ्य केन्द्र स्थपना पछी स्थानीयमा खुसीयाली

स्वास्थ्य केन्द्र स्थपना पछी स्थानीयमा खुसीयाली

  • मङ्लबार, फाल्गुन ७, २०७५
स्वास्थ्य केन्द्र स्थपना पछी स्थानीयमा खुसीयाली

बडीमालिका खवर
बाजुरा ७ फागुन
बडिमालिका नगरपालिका वडा न ३ रजालीमा स्वास्थ्य केन्द्र स्थपना भए पछी स्थानिय खुसी भएका छन । वडा न ३ का स्थानियलाइ स्वास्थ्यको सहज पहुचमा ल्याउन सहरी स्वास्थ्य केन्द्रको स्थपना गरिएको हो । गाउँमै स्वास्थ्य केन्द्र स्थपना भएपछी समयमै उपचार सेवा पाउने र अकालमा ज्यान जानबाट जोगीने स्थानिय बासीले बताए । वडा न ३ का टाढा रहेका बस्तीलाई उपचार गर्न सहज हुने भएपछी स्थानियले खुसी ब्यक्त गरेका छन । सोमबार एक कार्यक्रमका बिच सो स्वास्थ्य केन्द्रको एक कार्यक्रमका बिच भवनको उद्धघाटन गरिएको छ । स्वास्थ्यमा सबैको पहँुच पुर्याउने उदेश्यले सहरी स्वास्थ्यको भवन निर्माण गरिएको बडीमालिका नगरपालिकाका नगर उपप्रमुख कबिता बिष्टले बताईन् । स्वास्थ्यको पहुच नभएको ठाउँमा नागरिकलाई पहुँचमा ल्याउन बडीमालिका नगरपालिकाको पहलमा स्वास्थ्य केन्द्रको स्थपना गरीएको नगर उपप्रमुख बिष्टले बताईन । सो क्षेत्र भित्र सोही वडाका बस्तीका स्थानियले सेवा पाउने गरी बिच केन्द्रमा भवन निर्माण गरि भवन सचांलनमा ल्याईएको बताएको वडा न ३ का वडा अध्यक्ष बिरबहादुर रावलले बताए । वडा न ३ महिलालाई सूत्केरी गराउन अव गाउँमै स्वास्थ्य केन्द्र भएपछी समयमै उपचार पाउने स्थानियले बताएका छन । गाउँमै स्वास्थ्य केन्द्र स्थपना भएपछी त्यस क्षेत्रका स्थानियले खुसी ब्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार