मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • राजनीति
  • १८ हजार ४२४ कर्मचारीको समायोजन सकियो

१८ हजार ४२४ कर्मचारीको समायोजन सकियो

  • मङ्लबार, फाल्गुन ७, २०७५
१८ हजार ४२४ कर्मचारीको समायोजन सकियो

काठमाडौं : सरकारले १८ हजार भन्दाबढी कर्मचारीको समायोजन गरेको छ।  मंगलबार बिहानसम्ममा १८ हजार ४ सय २४ कर्मचारीको समायोजन गरिसकिएको कर्मचारी समायोजन तथा संगठन विकास महाशाखा प्रमुख सहसचिव केदार पनेरुले जानकारी दिएका छन्।  हालसम्म समायोजन भएका मध्ये मुख्य सचिवदेखि खरिदारसम्मका कर्मचारी रहेका छन्। समायोजन गरिएका मध्ये सबैभन्दाबढी संघमा परेका छन्।

सहसचिव पनेरुका अनुसार संघमा मात्रै १२ हजार ७ सय ८६ कर्मचारीको समायोजन भएको छ। प्रदेशमा २ हजार ४१८  र स्थानीय तहमा ३ हजार १९० कर्मचारीको समायोजन भएको छ। मुख्य सचिवसहित ५६ सचिव र ६७६ सहसचिवको समायोजन भएको पनेरुले बताए।

त्यस्तै प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासानका समूहका ८४८, राजश्वका १६६, लेखाका १७४ र शिक्षाका ४२९ उपसिवको समायोजन भएको छ।

त्यसैगरी इन्जिनियरिङ सेवातर्फ समायोजन हुनमा हाइड्रो पावर समूहका २०, जनरल मेकानिकलका १७, जनरल समूहका ८१, हाइड्रोलोजि १४ र सर्वे  समूहका  ५७ जना सिनियर डिभिजनल इन्जिनियर रहेका छन्।

वन सेवातर्फ जनरल फोरेस्टि समूहका ८१, तथ्यांक सेवाका ५८ उपसचिवको समायोजन भएको छ।  प्रशासन सेवा अन्तर्गत सामान्य प्रशासनका २८९०, लेखाका ११३२, राजश्वका ५८० शाखा अधिकृतको पनि समायोजन भएको छ।

समायोजन हुने नायब सुब्बामा  सामान्य प्रशासन सेवा अन्तर्गतका  सामान्य प्रशासन समूहका ५ हजार ८०२ र राजश्व समूहका ६७५ रहेका छन्।  सामान्य प्रशासनका ४ हजार ६०६ खरिदारको पनि समायेजन भएको छ।

सरकारले संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३८ हजार दरवन्दी कायम गरी कर्मचारीको समायोजन गरिरहेको छ। हाल निजामतितर्फ ८९ हजार, स्थानीय तहमा  १७ हजार र अन्य सेवामा २ हजार कर्मचारी कार्यरत छन्।

हाल कार्यरतको समायोजन गरिसकेपछि आवश्यक थप कर्मचारीका लागि विज्ञापन खुलाउने तयारी लोकसेवा आयोगले गरेको छ।

अन्नपुर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार